२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

तुलसीपुरमा लागुऔषध कारोबार बढ्यो

तुलसीपुरमा लागुऔषध कारोबार बढ्यो
अ अ+ अ-

तुलसीपुर । इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन् । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका छन् ।

“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भन्नुभयो, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” 

साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र  तीमध्ये २४ लागुऔषध कोरोबारी र १३ अन्य मुद्दाका छन् भन्दै  उहाँले लागू औषध प्रयोगकर्तालाई पनि पक्रेर ल्याउने हो भने हिरासतले थेग्न नसक्ने अवस्था छ । तुलसीपुरमा प्रयोगकर्ताको सङ्ख्या निकै रहेको कार्यलय प्रमुखसमेत रहनुभएकमा प्रहरी नायब उपरीक्षक अर्यालको भनाइ थियो ।

सक्रिय बन्दै प्रहरी

तुलसीपुरको अस्तित्व जोगाउन  यहाँका बासिन्दा र प्रहरी सक्रिय छन् । इलाका प्रहरी कार्यालयले आफ्नो सक्रियतालाई तीव्र पारेका उहाँले जानकारी दिनुभयो । “हाम्रो चुनौती भनेको लागुऔषध नियन्त्रण नै हो”, प्रमुख अर्यालले भन्नुभयो, “हामीले सबैभन्दा बढी प्राथमिकतामा  लागुऔषध ओसारपसार तथा सेवनलाई न्यूनीकरण गर्ने अभियान नै चलाएका छौँ ।”

सबैभन्दा बढी समय नै यसलाई दिइएको छ भन्दै उहाँले  यहाँ  आएको छ महिनामा तीनवटा डिलरसमेत समात्न सफल भएको जानकारी दिनुभयो । “हामीले अहिलेसम्म तीनवटा डिलर समात्न सफल भएका छौँ”, प्रमुख अर्यालले भन्नुभयो, “अझै तुलसीपुरमा दुई÷तीनवटा डिलर भएको सूचना आएको छ, त्यसलाई पनि समात्नका लागि प्रयास गरिरहेका छौँ ।”

तुलसीपुरमा प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको र  सबैभन्दा धेरै १५ देखि २० वर्षसम्मका युवा यस्तो लतमा फसेकाले अभिभावक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “अभिभावकलाई पनि आफ्नो सन्तान दुव्र्यसनमा फसेको थाहा हुन्छ, तर सन्तानलाई सुधार गर्न त्यति ध्यान नदिएको पाइएको छ”, प्रमुख अर्यालले भन्नुभयो, “यसले उनीहरुको भविष्य नै डामाडोल हुनसक्छ, त्यसैले अभिभावकहरु पनि अलि चनाखो बन्नुपर्छ ।”

अभिभावकले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि सम्लग्न हुने गरेका छन् । एक प्याकेट ब्राउनसुगर ५० देखि ७० मिलीग्रामसम्म हुन्छ । त्यसलाई रू एक हजारदेखि रू १५ सयसम्म पर्छ । त्यसको लतमा फसेपछि दैनिक खानुपर्ने नखाएमा हात काप्नेसम्मको अवस्थामा पुर्‍याउने गर्छ । “एक प्रयोगकर्तालाई दैनिक नखाए के हुन्छ भनेर सोध्दा  उसले भन्यो, “एक दिन नखाए शरीर काप्न थाल्छ, अनि मेडिकलमा गएर अरुनै  लागुऔषध खरिद गरेर खान्छौँ भनी जवाफ दिए”, प्रहरी प्रमुख अर्यालले भन्नुभयो, “यदि आफूसँग पैसा भएन भने उनीहरूले अनेक बहाना बनाएर घरबाट पैसा माग्ने, ठग्ने र चोर्नेसमेत गरेको प्रयोगकर्ताले जवाफ दिएका थिए ।” 

‘चुनौती पनि उत्तिकै छ’

ब्राउनसुगर कारोबारीलाई पक्राउ गर्न उत्तिकै चुनौती रहेको छ । ब्रउन सुगर सानो परिमाणको हुने र त्यसलाई लुकाउन निकै सहज हुने भएकाले हामीलाई प्रमाण पुर्‍याउन पनि निकै गाह्रो हुने र  कतिपय स्थानमा सूचना पाएर जाँदा प्रमाण भेट्टाउन नसक्ने अवस्था रहेको छ भन्दै उहाँले तुलसीपुरमा नेपालगञ्जतर्फबाट यस्ता पदार्थ आउने भएकाले त्यसक्षेत्रमा बढी निगरानी गरिरहेको बताउनुभयो । 

प्रयोगकर्तालाई कोठा नदिन अनुरोध 

 प्रहरीले दुव्र्यसनीहरूलाई  कोठा नदिन होटल व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ । उनीहरुले अहिले होटललाई अखडा बनाउन थालेकाले त्यस्ता व्यक्तिलाई कोठा दिएमा होटल व्यवसायी नै सजायको भागिदार हुने हुँदा होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न पनि  भनिएको छ  । अहिले धेरै व्यक्ति होटलमा आउने र यस्तो गतिविधिमा सम्लग्न हुने क्रम बढेकाले अभिलेख राखेमा अनुसन्धानमा सहज हुने उहाँको भनाइ थियो । “होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न म होटल व्यवसायीलाई अनुरोध गर्छु”, प्रमुख अर्यालले भन्नुभयो, “नामसँगै उनीहरुको मोबाइल नम्बर यकिन  गरेरमात्रै बस्न दिनुहोला ।” सकेसम्म होटलको अगाडि सिसी क्यामेरा जडान गर्न पनि अनुरोध गरिएकोे छ ।

चोरको पनि उत्तिकै बिगबिगी

तुलसीपुरमा पछिल्लो समय चोरीका घटना पनि उत्तिकै बढिरहेको प्रमुख अर्यालले बताउनुभयो । दुव्र्यसनीले व्याप्त रुप लिएको र लागू पदार्थ महङ्गो पनि हुने भएकाले चोरी गर्नेहरु बढेको र यसक्रममा  अहिले चार जनाविरुद्ध मुद्दा चलिरहेको छ । घरमा कोही नभएको अवस्थामा चोरीका घटना बढिरहेकाले सजग हुनुपर्ने र बहुमूल्य वस्तुलाई सकेसम्म घरमा नराख्ने गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस, दीपक बोहरा)