२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरका वडाध्यक्ष लोकबहादुर शाहीको निधन



अ+ अ-

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ। क्यान्सर र निमोनियाबाट पीडित शाहीको मंगलबार बिहान घर फर्किँदै गर्दा बाटोमै मृत्यु भएको हो।

काठमाडौँस्थित वीर अस्पतालमा उपचाररत शाहीलाई सुधार नदेखिएपछि घर ल्याउने निर्णय गरिएको थियो। तर, एम्बुलेन्समा सुर्खेत फर्किने क्रममा भेरीगंगा नगरपालिका–७ स्थित हर्रे आइपुग्दा उनको निधन भएको कार्यवाहक वडाध्यक्ष वासु आचार्यले जानकारी दिए।

६० वर्षीय शाही पछिल्लो एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। त्यसक्रममा उनलाई निमोनियाले समेत आक्रमण गरेको थियो। वीर अस्पतालको आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था नाजुक हुँदै गएपछि अन्तिम इच्छा अनुसार परिवारले घर फर्काउने निर्णय लिएको थियो।

लोकबहादुर शाही २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भई वडा नं. ५ को वडाध्यक्ष बनेका थिए। उनी झण्डै १० महिनादेखि उपचाररत थिए।

शाहीको निधनले स्थानीय तह र वडावासीबीच शोकको वातावरण सिर्जना भएको छ। पार्टी कार्यकर्ता, जनप्रतिनिधि र स्थानियबासीले उनको योगदानलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।