१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा



अ+ अ-

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मंगलवार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ ।

पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको हो । सुडाल १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर मन्दिर निर्माणस्थल समेत हो । उक्त कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिर निर्माणका लागि समय र धेरै खर्च लागेपनि मन्दिर निर्माण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले हाल देखिएको खडेरीको समस्यालाई पनि गम्भीर रूपमा लिनु जरुरी रहेको उल्लेख गर्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर जुन निर्माण गर्ने क्रममा हामी रहेका छौं । यस्तै २७ फिट लम्बाई भएको काली नागको १३ औँ नाग पञ्चमी उत्सव हामी आज यहाँ मनाइरहेका छौं । यो मन्दिर निर्माणको  लागि केही समय  लागेपनि निर्माण नै नहोला भन्ने कुरा होइन । तीनै तहको सरकार मिलेर यो मन्दिर निर्माण कार्य सम्पन्न गर्न प्रतिवद्ध हुनुवपर्छ । अहिले भइरहेको खडेरीको समस्या समाधान गर्न पनि सबैले आआफ्नो भुमिका निर्वाह गर्न जरुरी रहेको छ ।’

नागपञ्चमी मेलामा स्थानीय बासिन्दा, धार्मिक अगुवा र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।