२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको हेनानमा कोभिडको मामिला बढेपछि नयाँ प्रतिबन्ध



अ+ अ-

बेइजिङ । हेनान प्रान्तमा नयाँ कोरोनाभाइरस सङ्क्रमण तीव्ररूपमा बढेपछि मध्य चीनका धेरै शहरले कडा प्रतिबन्धको सहारा लिएका छन्।
 
चीनमा अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरिएन्टका कुनै पनि मामिला अहिलेसम्म रिपोर्ट गरिएको छैन । विश्वका धेरै स्थानको तुलनामा चीनमा कोभिडका मामिला थोरै देखिएको भए पनि चीनको राष्ट्रिय नीतिका रुपमा धेरै शहरले क्लस्टरहरु देखा पर्नसक्ने भन्दै नयाँ सीमा लगाएका छन् । 

दश लाख बासिन्दा रहेको हेनानको काउन्टी गुशीले मानिसहरूलाई शहर छोड्न र अरूलाई आउनबाट रोक लगाएको छ। युझाउ शहरमा १० लाख बासिन्दा पहिले नै लकडाउनमा छन् र केही क्षेत्रका मानिस आफ्नो घर छोड्न असमर्थ छन्।

जुचाङ शहरले आफ्ना ४० लाखभन्दा बढी बासिन्दाहरुमा ठूलो मात्रामा परीक्षण सुरु गरेको छ । आधिकारिक आँकडाअनुसार हेनानले बुधबार लक्षणहरुका साथ स्थानीयस्तरमा ६४ वटा मामिला पुष्टि भएको बताएको छ जुन अघिल्लो यो सङ्ख्या चार थियो ।