३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी

नाग दोषबाट मुक्ति मिल्ने विश्वासको तीर्थस्थल कमलपोखरी
अ+ अ-

गण्डकी । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरीले नागजन्य दोषबाट मुक्ति मिल्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको छ । प्राचीन कालदेखि नागको वासस्थानका रुपमा रहेको विश्वास मानिने यो तीर्थस्थलमा हरेक वर्ष नाग पञ्चमीका दिन विशेष मेला लाग्छ ।

नागपञ्चमीमा यस तीर्थस्थलमा आएर नागको दर्शन गरेमा नागजन्य विभिन्न दोषबाट मुक्ति मिल्ने विश्वास रहेको मादी गाउँपालिका–५ चितेपानीकी मेनुका अधिकारीले बताउनुभयो । नागपञ्चमीमा यहाँ आएर दर्शन गरेमा नागजन्य विभिन्न दोषका साथै प्रकृतिजन्य बाढीपहिरो, खोलानाला, चट्याङ्ग आदिको प्रकोपबाट मुक्ति मिल्ने विश्वासका कारण यहाँ टाढाटाढाबाट दर्शनार्थी आउने गर्दछन् ।

विश्व रामसार सूचीसमेतमा सूचीकृत यो ताल नाग र यहाँ फूल्ने कमलको फूलका कारण परिचित छ । पोखराको मुख्य बजार क्षेत्र नजिकै रहेको कमलपोखरी ढकमक्क कमल फूल ढाकिनुका साथै नागको बासस्थान रहेको प्राचीन जनविश्वाससमेतले यसको महत्व र गरिमा बढाएको हो । पछिल्ला वर्षमा तालको अवलोकनका साथै यहाँ पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका स्थानीयवासी चित्रबहादुर रानाले बताउनुभयो । पर्यटक आउने क्रम बढ्दो रूपमा रहेपनि यसको उचित व्यवस्थापन नहुँदा ताल पुरिने चिन्ता रहेको उहाँले बताउनुभयो ।

“कमलपोखरी तालललाई व्यवस्थित गर्न सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ”, रानाले भन्नुभयो, “यसका लागि स्थानीयवासीसँगै राज्यका सबै निकायको ध्यान पुग्नु जरुरी छ ।”
यहाँको संरक्षणमा स्थानीय दलित समूदाय चार दशकदेखि लागिपरेको कमलपोखरी संरक्षण समितिका सचिव तिलबहादुर सुनारले जानकारी दिनुुभयो । तालको संरक्षण गर्न स्थानीयवासी २०४५ सालदेखि नै सङ्गठित बन्दै आएका छन् । विसं १९९० सालको नापीमा कमलपोखरीको कूल क्षेत्रफल १८२ रोपनी रहेको सुन्नमा आएपनि अहिले यसको नाममा ३२ रोपनी मात्र जग्गा मात्रै रहेको उहाँले बताउनुभयो । पछिल्लो समय यहाँ स्थानीयको सकृयतामा विभिन्न संरचना निर्माण गरिएका छन् । ।

ताल संरक्षण गर्न विभिन्न पूर्वाधार निर्माण थालिएको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले बताउनुुभयो । ताल वरपर पैदल मार्ग बनाउन सङ्घीय सरकारले रु ४० लाख विनियोजन गरेको छ । तालमा आउने खोलालाई बाँधसहित व्यवस्थित बनाउन रु २५ लाख विनियोजन भई काम अघि बढाइएको सचिव सुनारले बताउनुभयो ।

विश्व रामसार सूचीमा सूचिकृत कमलपोखरी परिसरमा प्रत्येक वर्ष नागपञ्चमीमा मेला लाग्छ । करिब साढे चार दशकअघिसम्म कमलपोखरी बुडुवा तालका रूपमा चिनिन्थ्यो । तालको बीच भागमा नागको सुन्दर मूर्तिसहित किनारमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर छ ।