८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहादुर सिंहले गुमाए संसदीय दलको नेताको हैसियत, पक्षमा १५ र विपक्षमा २२ मत



अ+ अ-

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा आज भएको लामाविरूद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या बढि भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

बैठकमा भएको मतविभाजनमा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ ।

यसअघि ९ साउनमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये माया श्रेष्ठले भने हस्ताक्षर कीर्ते भएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएकी थिइन् ।

यस्तै, आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बहादुर सिंहको विपक्षमा हस्ताक्षर गरेका छन् ।