१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहादुर सिंहले गुमाए संसदीय दलको नेताको हैसियत, पक्षमा १५ र विपक्षमा २२ मत



अ+ अ-

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलका नेता बहादुर सिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकमा आज भएको लामाविरूद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या बढि भएसँगै उनले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् ।

बैठकमा भएको मतविभाजनमा लामाको विपक्षमा २२ मत परेको छ भने पक्षमा १५ मत मात्र परेको छ ।

यसअघि ९ साउनमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये माया श्रेष्ठले भने हस्ताक्षर कीर्ते भएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएकी थिइन् ।

यस्तै, आज श्यामकुमार खड्काले मन्त्रीबाट राजीनामा दिएर बहादुर सिंहको विपक्षमा हस्ताक्षर गरेका छन् ।