१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती कांग्रेस संसदीय दलको बैठक जारी, अविश्वास प्रस्ताव पढेर सुनाइयो



अ+ अ-

हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।

निर्धारित समयभन्दा डेढ घण्डा ढिलो गरी सुरू भएको बैठकमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता बहादुर सिंह लामाविरूद्धको अविश्वासको प्रस्तावका बारेमा छलफल भईरहेको छ ।

बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति रहेको छ । बैठकको सुरुमा केन्द्रीय प्रतिनिधि पठाइएको पठाइएको पत्र पढेर सुनाइएको थियो ।

त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ । बैठकमा उक्त प्रस्तावको पक्ष र र विपक्षमा मतविभाजन गरी निष्कर्ष निकालिने छ ।

यसअघि ९ साउनमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । २१ जनामध्ये सांसद माया श्रेष्ठ र मिना पराजुलीले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

बागमतीमा कांग्रेस सांसद ३७ जना रहेका छन् । जसमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।