१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियम भनेको नियम नै हो– अस्ट्रेलियाली प्रधानमन्त्री



अ+ अ-

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार देशको सीमा बलले नोभाक जोकोभिचको भिसा रद्द गरेसँगै अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा खेल्न देश प्रवेश गर्न अस्वीकार गरेपछि कोही पनि नियमभन्दा माथि नभएको बताउनुभएको छ । 

“जोकोभिचको भिसा रद्द गरिएको छ। नियम भनेको नियम नै हो, विशेषगरी जब यो हाम्रो सिमानामा आउँछ। कोही पनि यी नियमभन्दा माथि छैन”, मोरिसनले ट्वीटमा भन्नुभयो ।

विश्व नम्बर एक टेनिस खेलाडी जोकोभिचलाई सुरुमा अस्ट्रेलियन ओपनमा खेल्नको लागि देशको कोभिड–१९ खोप आवश्यकताबाट चिकित्सा छुट दिइएको थियो तर भिसा मुद्दामा उनी रातारात मेलबर्न एयरपोर्टमा फँसेका थिए।