२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी



अ+ अ-

जुम्ला। जुम्लाको गुठिचौर गाउँपालिका–१ स्थित मणिसाँघुमा जंगली च्याउ सेवनका कारण एकै परिवारका पाँच जना सदस्य बिरामी परेका छन्। आइतबार दिउँसो ३ बजे घरमै पकाएर खाएको च्याउ विषालु परेपछि उनीहरू बिरामी परेका हुन्।

बिरामी पर्नेमा ६० वर्षीय लेखकमान महतारा, ५८ वर्षीया राजकुमारी महतारा, ४५ वर्षीया कल्पना रावत, २८ वर्षीया सपना महतारा विष्ट र ३ वर्षीय बालक पुजन विष्ट रहेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरीले उनीहरूलाई तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्ला पुर्‍याएको थियो। अस्पतालका अनुसार हाल सबै बिरामीको अवस्था सामान्य छ।

प्रहरी निरीक्षक अशिम हमालले च्याउ सेवनकै कारण परिवारका सदस्य बिरामी परेको पुष्टि गर्दै भने, “उनीहरूलाई समयमै अस्पताल ल्याइएकाले ठूलो क्षति हुन पाएन।”

भौगोलिक विकटताका कारण अस्पतालसम्मको यात्रा कठिन भए पनि स्थानीय प्रहरी र स्वास्थ्यकर्मीको सहयोगमा बिरामीलाई सवा ७ बजेतिर अस्पताल पुर्‍याइएको थियो। मणिसाँघु प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित ओलीको नेतृत्वमा तीन सदस्यीय टोली घटनास्थल पुगेको थियो।

स्थानीयहरूका अनुसार वर्षायाममा जंगली च्याउ विभिन्न स्थानमा पाइने भए पनि तीमध्ये केही अत्यन्त विषालु हुन्छन्। सावधानी नअपनाई च्याउ खाँदा यस्ता दुर्घटना हुने गरेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाले सर्वसाधारणलाई जंगली च्याउ नखान र खानै परेमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।