३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
अ+ अ-

गण्डकी । अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक पर्यटक आउने क्रम निरन्तर चलेको छ । मनसुनको याम भए पनि दैनिक ५० जनाभन्दा बढी पर्यटक अहिले पनि अन्नपूर्ण आधार शिविर आउने गरेका छन् ।

छोमरोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका यस याममा छिटोछिटो फुल्ने। र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गर्छ । पदयात्रा पर्यटनका क्षेत्रमा विश्वका उत्कृष्ट पदमार्गमध्येमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका पर्यटन व्यवसायी उत्साहित छन् ।

झण्डै साढे चार दशकअघिसम्म यस क्षेत्रमा आउनुपर्दा पर्यटकले यहाँका भेडी गोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यता थियो । अहिले यहाँ बनेका सुविधा सम्पन्न होटेलका कारण त्यो बाध्यता हटिसकेको सचिव गुरुङ बताउनुहुन्छ ।

केही वर्ष अघिसम्म यस पदमार्गमा पर्ने सिनुवा, बाम्बो, हिमालय, दोभान, देउराली, माछापुच्छ्रे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा २६ होटेल सञ्चालनमा थिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार यसअघि प्रत्येक होटलमा ६ का दरले एक सय ५६ कोठा थिए । तर पछिल्लो समयमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ होटेल स्तरोन्नतिसँगै होटेल विस्तार गरिएका छन् ।

पछिल्लो समयमा सिनुवा र यसभन्दा माथि ३४ होटेल सञ्चालनमा आइसकेका सचिव गुरुङले जानकारी दिनुुभयो । होटेलको संख्या बिस्तारसँगै यहाँ पर्यटक लक्षित सुविधा पनि बृद्धि गरिएको छ । पछिल्लो समयमा पदमार्ग अन्तर्गतका सिनुवामा चार, बाम्बोमा छ, हिमालयमा तीन, देभानमा पाँच, देउरालीमा पाँच, माछापुच्छ«े आधार शिविरमा पाँच र अन्नपूर्ण आधार शिविरमा ६ होटेल सञ्चालनमा छन् ।

“होटेलको संख्यासँगै क्षमता बिस्तार गरिएपछि अहिले यस क्षेत्रमा आउने पर्यटकलाई दैनिक पाँच सयदेखि छ सय जनासम्म राख्न सकिन्छ”, उहाँले भन्नुुभयो, “अन्नपूर्ण आधार शिविरको पदयात्रामा आउने पर्यटकलाई यहाँका होटेल व्यवसायीले राम्रो आतिथ्यता प्रदान गर्ने गरेका छन् ।”

पर्यटकको आगमनलाई लक्षित गरी यहाँका व्यवसायीले पदमार्ग नियमित रुपमा सरसफाई गर्ने गरेका छन् । सामान्यतः असार पहिलो हप्ता र साउन अन्तिम हप्ता यस पदमार्गमा नियमित सरसफाई गर्ने गरिएको छ । चैत–वैशाखको मुख्य पदयात्राको यामसँगै त्यस यता पदमार्गमा हुने गरेको फोहोरलाई असारको पहिलो हप्तामा सफा गर्ने गरिएको छ । यस वर्ष मात्रै उक्त पदमार्ग क्षेत्रबाट २९० बोरा सिसा तथा प्लाष्टिकजन्य फोहोर सङ्कलन गरी पोखरास्थित ग्रिन वेष्ट म्यानेजमेन्ट जोनमा पठाइएको सचिव गुरुङले जानकारी दिनुुभयो ।

भदौ पहिलो सातादेखि पर्यटकको चहलपहल बढ्ने पर्यटन व्यवसायी बताउँछन् । पर्यटक आगमन बढ्ने उक्त समयलाई लक्षित गरी तयारी थालिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्तराष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ। अन्नपूर्ण आरोहण दिवसका अवसरमा २०७५ सालदेखि म्याराथन प्रतियोगिता गरिँदै आएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो ।

हालसम्म पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन सम्पन्न गरिसकिएको जानकारी दिदै उहाँले यसले पनि यस क्षेत्रको पदयात्रा पर्यटनलाई स्वदेश एवम् विदेशमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । उक्त दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।

समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार एक सय ३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै यो क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो । रासस