७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्‍यो

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्‍यो
अ+ अ-

काठमाडौं । नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ। यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्न पुगेको छ। हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैंक खातामा तत्काल पुर्‍याउन सकिन्छ। यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने भएको छ ।

अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै, हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको हो।

अस्ट्रेलियामा रेमिट्यान्स सेवा सुरु गरेको यो शुभ अवसरमा, हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर ल्याएको छ। यस अफर अन्तर्गत, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउने शुरुवाती ५,००० प्रयोगकर्ताहरूले अष्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अष्ट्रेलियन डलर बराबर रू १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्नेछन्।

यो दर हालसम्मको अस्ट्रेलिया – नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिन्छ, जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्‍याउँछ।

हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमको अनुसार “हाम्रो पात्रोको मुख्य उद्देश्य सधैं विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो,अस्ट्रेलियाबाट प्राप्त रेमिट्यान्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौं।

यो सेवा विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दरमा, सुरक्षित माध्यमबाट रकम नेपालमा पठाउने सुनिश्चितता दिन्छ।”

हाम्रो पात्रो रेमिटबाट एकपटक KYC भेरिभाईड भएर आफ्नो बैंकको विवरणहरू भरेपछि केही क्लिक मै पैसा पठाउन सकिन्छ। यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले हाम्रो पात्रो एप या remit.hamropatro.com/aus मा पनि जान सक्नुहुनेछ । अस्ट्रेलियामा रेमिट सेवाको विस्तारसँगै, हाम्रो पात्रोले विश्वभर रहेका नेपालीहरूलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता फेरि पुष्टि गरेको छ।