१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हरिद्वारस्थित एक मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु



Kanwariyas, devotees of Hindu deity Shiva carry religious flags during the ‘Kanwar Yatra’ pilgrimage in the sacred month of Shravan as they ride through heavy traffic along a street in Haridwar on July 20, 2025. (Photo by AFP)
अ+ अ-

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भीडभाड भई भागदौड मच्ँिचदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड मच्चिँदा कैयौँ घाइते भएका छन् ।

“छ जनाको मृत्यु भएको छ भने १० भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ,” शहरका वरिष्ठ प्रहरी अधिकारी परमेन्द्र डोभलले एएफपीलाई बताउनुभयो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको बताउनुभएको छ ।

“यस विषयमा म स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा छु र स्थितिको निरन्तर अनुगमन भइरहेको छ,” उहाँले भन्नुभयो।

धार्मिक चाडहरूमा घातक भागदौड र भीडभाडका कारण यस्ता दुखद् घटना हुने गरेका छन् ।

गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका थिए ।

अघिल्लो महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानको लागि हजारौं मानिसहरू भेला भएका बेला घटेको यस्तै घटनामा तीन जनाको मृत्यु भएको थियो।

जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् चाड कुम्भ मेलामा भएको झडपमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो।