११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत



अ+ अ-

तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ । 

आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई रु दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । चितुवाको आक्रमणबाट भानु नगरपालिका–३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु–४ का चार वर्षीया रञ्जिता लम्साल, भानु–२ का १० वर्षीय अमृत गुरुङ, भानु–२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो । 

यस्तै भानु–१ का कुशल बानियाँ, बन्दिपुर–४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी–३ का रवीन नेपाली, आँबुखैरेनी–१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी–२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।  

चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही रु दुई लाख र सामान्य घाइतेलाई जनही रु बीस हजारका दरले उपचारखर्च उपलव्ध गराइएको पण्डितले बताउनुभयो । भानु नगरपालिका–११ का भीमबहादुर तामाङ, भानु–१३ का चिजबहादुर कुवँर, भानु–१३ कै प्रेमबहादुर बानियाँ, भानु–२ का हेमराज सुनुवार, भानु–२ का सुलभ दाहाल, भानु– २ की सोनी अछामी, बन्दिपुर–५ का अनुप नेपाली, आँबुखैरेनी–१ की अमिसा थापा, बन्दिपुर–१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका–१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएकी थिइन् ।  वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रु तीन लाख ४६ हजार राहत उपलव्ध गराइएको कार्यालयले जनाएको छ । रासस