१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

एक दशकदेखि अलपत्र आमघाट लिफ्ट सिँचाइ आयोजना

एक दशकदेखि अलपत्र आमघाट लिफ्ट सिँचाइ आयोजना
अ अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-१२ आमघाटस्थित लिफ्ट सिँचाइ आयोजना एक दशकदेखि अलपत्र परेको छ ।

किसानलाई वनहरा नदीबाट पानी लिफ्ट गरी सिँचाइ गर्नका लागि रु ७२ लाख बढीको लागतमा निर्माण गरिएको उक्त आयोजना सञ्चालनमा नआउँदै अलपत्र परेको हो ।

सङ्घीय सरकार र एसियाली विकास बैंक(एडिबी)को संयुक्त लगानीमा सामुदायिक सिँचाइ आयोजना(सिआइपी) कार्यक्रमअन्तर्गत विसं २०७२ मा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको थियो । किसानलाई ६४ हेक्टर क्षेत्रफल जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको आमघाट लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष भीमसेन रानाले बताउनुभयो ।

“आयोजना निर्माण भएको वर्ष वर्षामा आएको बाढीले गर्दा नदीले धार परिवर्तन ग¥यो”, उहाँले भन्नुभयो, “नदीलाई फर्काउन सकेनौँ, त्यसपछि आयोजना सञ्चालनमा आउन सकेन् ।” निर्माण व्यवसायीले एक पटक पानी पाइप लाइनमार्फत पुर्‍याएको जनाउँदै उहाँले पछि बाढीका कारण आयोजना सञ्चालन हुन नसकेको उल्लेख गर्नुभयो ।

पटकपटक प्रदेश र नगरपालिका कार्यालयमा आयोजना सञ्चालनका लागि बजेटको माग गर्दै पुगेपनि सुनवाइ हुन नसकेको अध्यक्ष रानाको भनाइ छ । आयोजना सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायका रूपमा डिप बोरिङ गरे मात्रै सम्भव हुने उहाँले बताउनुभयो ।

नदी फर्काएर अहिले ल्याए पनि अर्को बर्खातको बाढीमा पुरानै धारमा बग्ने भएकाले आयोजनालाई ‘रिभर वेस’मा आधारित भएर चलाउन सम्भव नहुने अध्यक्ष रानाले बताउनुभयो ।

उहाँका अनुसार आयोजनाअन्तर्गत पाँच केभिएको ट्रान्सफर्मर राख्ने, विद्युत्को थ्रिफेस लाइन राख्ने, विद्युतीय मोटर जडानलगायत यन्त्र राख्ने घर निर्माण गरिएको छ । सिँचाइका लागि किसानका खेतमा पाइप लाइन बिछ्याउने कार्य गरिएको शुक्लाफाँटा-१२ का वडाध्यक्ष नवलसिंह रानाले बताउँदै वडाको बजेटले आयोजनालाई सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

“आयोजनालाई पूर्ण रूपमा सञ्चालन गर्न नदी फर्काउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि ठूलो बजेट आवश्यक पर्नेमा त्यो वडासँग छैन ।” नगर र प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने बताउँदै उहाँले आयोजना सञ्चालनमा आएका लालझाडी गाउँपालिकाका दुई सय र शुक्लाफाँटाका दुई सय परिवार लाभान्वित हुने जानकारी दिनुभयो।

सिँचाइ आयोजना अलपत्र परेपछि पानी तान्न राखिएका विद्युतीय मोटरलगायत सामग्री चोरी हुन थालेका छन् । गएको महिना मात्रै चोरले विद्युतीय मोटर चोरी गरेर लैजादै गरेको अवस्थामा स्थानीयले बरामद गरेका थिए  । रासस