६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ : मन्त्री न्यौपाने



अ+ अ-

तनहुँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

तनहुँको देवघाट गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ र बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन चालु संसद् अधिवेशनमा पारित हुने बताउनुभयो । मन्त्री न्यौपानेले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउँदै गरेको बताउँदै गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “निजामती ऐन आइसकेपछि धेरै समस्या समाधान हुनेछन् । त्यसलाई छिटो जारी गर्नुपर्छ भनेर सरकार त्यही ढङ्गबाट अगाडि बढेको छ ।”

मन्त्रालयका छ वटा महाशाखा र १९ वटा शाखामा भइरहेका समस्याको बारेमा आफूले जानकारी लिएको बताउँदै त्यसलाई क्रमशः समाधान गर्दै लगिने मन्त्री न्यौपानेले बताउनुभयो । तीन तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै देश विकास सम्भव रहेको बताउँदै मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । देशका सबै स्थानीय तहमा भइरहेको कर्मचारीको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

मन्त्री न्यौपानेले देवघाट ऐतिहासिक एवं धार्मिक गन्तव्यस्थल भएकाले यसको विकासका लागि सङ्घीय सरकारले ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । त्यसक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भइरहेको बताउनुभयो । रासस




भर्खरै