२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते



अ+ अ-

सिरहा। मिर्चैया नगरपालिका–५ स्थित ‘हिल पार्क’ नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छभने १२ वर्षीय विकास ठाकुर घाइते भएका छन् ।

विद्यालयबाट फर्किएपछि घुम्न गएका बालकहरू अनियन्त्रित साइकल दुर्घटनामा परेका हुन् । ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो ।

गम्भीर चोट लागेका मण्डलको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको होभने ठाकुरको मिर्चैया अस्पतालमा उपचार भइरहेको छ । स्थानीयका अनुसार पार्क जाने बाटो अप्ठ्यारो भएकाले दुर्घटनाको जोखिम बढेको छ । रासस