९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

‘प्रेस काउन्सिललाई पुनःसंरचना गर्नुपर्छ’

‘प्रेस काउन्सिललाई पुनःसंरचना गर्नुपर्छ’
अ अ+ अ-

काठमाडौँ। आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले यहाँ आज आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, श्रमजिवी पत्रकारका सवाल र सञ्चार कानुन’ विषयक अन्तत्र्रिmयामा उहाँहरुले काउन्सिलले उद्देश्य, काम, कर्तव्य र अधिकारभित्र रहेरै काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल पत्रकार सहासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको मुख्य काम नै आचारसंहिता अनुगमन भएकाले अनुगमनलाई नै अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले कानुन निर्माण प्रक्रियामा राज्यको कमजोरी र उदासिनताले मिडिया जगत्ले दुःख भोगिरहेको र बर्सेनि प्रेस स्वतन्त्रता हननका घटना बढिरहेको बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले काउन्सिलको मुख्य काम पत्रकार र सम्पादकको मूल्याङ्कन गर्ने भएको उल्लेख गर्दै त्यसमै लाग्न सुझाव दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन विद्यमान कानुनी जटिलतालाई सरल बनाएर सञ्चारमाध्यमलाई त्यसमा अनिवार्य जोड्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि सबैभन्दा पहिला मिडिया हाउसको सुशासन हेर्नुपर्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता बनाई त्यसको कार्यान्वयन गर्नुका साथै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हितमा काम गर्दै आएको छ ।

त्यसैगरी, पत्रकारिताको पेसागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा संवर्द्धनका लागि काउन्सिलले छापादेखि डिजिटल प्लेटफर्ममार्फत सञ्चालित न्यु मिडियाको अनुगमन पनि गर्दै आएको छ । रासस