• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारयणहिटी दरबार सङ्ग्रहालयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । परिसरमा बतास समूहलाई रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयमा मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा सोही मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहनुभएको छ । मन्त्रालयले तीन दिनको समय दिई रायसुझावसहित प्रतिवेदन तयार गर्न समितिलाई निर्देशन दिएको हो । 

सरकारले नारायणहिटी दरबार परिसरमा जग्गा र व्यापारिक प्रयोजनका लागि प्रतिमहिना रु दुई लाख २१ हजार भाडा आउने गरी बतास समूहलाई दिएको बताइएको छ । सो समूहले सोही प्रयोजनका लागि संरचना बनाउन थालेपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले निर्माण कार्य रोक्न आदेश दिनुभएको थियो ।