२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन

रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन
अ अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारयणहिटी दरबार सङ्ग्रहालयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । परिसरमा बतास समूहलाई रेस्टुरेन्ट सञ्चालन गर्न दिएको विषयमा मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा सोही मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहनुभएको छ । मन्त्रालयले तीन दिनको समय दिई रायसुझावसहित प्रतिवेदन तयार गर्न समितिलाई निर्देशन दिएको हो । 

सरकारले नारायणहिटी दरबार परिसरमा जग्गा र व्यापारिक प्रयोजनका लागि प्रतिमहिना रु दुई लाख २१ हजार भाडा आउने गरी बतास समूहलाई दिएको बताइएको छ । सो समूहले सोही प्रयोजनका लागि संरचना बनाउन थालेपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेले निर्माण कार्य रोक्न आदेश दिनुभएको थियो ।