२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

स्वच्छ ऊर्जा प्रयोग गरौँ, ग्यास चुलो छोडौँ : मन्त्री भुसाल

स्वच्छ ऊर्जा प्रयोग गरौँ, ग्यास चुलो छोडौँ : मन्त्री भुसाल
अ अ+ अ-

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताउनुभएको छ । 

नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनार्थ प्रोत्साहन गर्ने र विद्युतीय सवारीसाधनको प्रवद्र्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति अगाडि बढाएको बताउनुभयो । सौर्य ऊर्जा उत्पादन गर्दा लागत कम हुने र समय कम लाग्ने भएकाले ऊर्जा सङ्कट समाधानका लागि सौर्य विद्युत् सहयोगी हुने उहाँको तर्क थियो । 

मन्त्री भुसालले भन्नुभयो, “पछिल्लो समय ‘वान शन, वान वल्र्ड, वान ग्रिड’ अवधारणाको विकास भएको छ । यसले सौर्य ऊर्जाको प्रयोगलाई अझ सहज बनाउँदै लैजाने छ ।” नेपालमा पर्याप्त स्वच्छ पानीका स्रोत भए पनि त्यस्तो पानी विविध प्रयोजनका लागि उपयोग गनुपर्ने र व्यवस्थापनको चुनौती बढ्दै गएकाले सौर्य ऊर्जालाई नै व्यावहारिक बनाउँदै लैजानुपर्नेमा उहाँको जोड थियो । 

मन्त्री भुसालले परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औँल्याउनुभयो । नवीकरणीय ऊर्जा प्रवद्र्धनमा विश्व नै लागेको बताउँदै उहाँले नेपालले पनि त्यसको प्रयोगको नीतिलाई अवलम्बन गर्दै जानुपर्ने आवश्यकता छ भन्नुभयो । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन (कोप–२६) मा नेपालले गरेको प्रतिबद्धता पूरा गर्न नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्न आवश्यक रहेको मन्त्री भुसालले उल्लेख गर्नुभयो । 

सरकारले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट मिश्रित ऊर्जा प्रणालीको नीति अपनाएको जानकारी दिँदै उहाँले दश प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैकल्पिक ऊर्जाअन्तर्गत मुख्यतः सोलार र हावाबाट उत्पादन हुने वायु ऊर्जा नै प्रमुख हुन् ।” हाल ऊर्जा प्रणालीमा करिब दुई हजार १०० मेगावाट विद्युत् जडित क्षमता छ । 

दश प्रतिशतको नीतिले करिब २०० मेगावाट सौर्य विद्युत् जडान गर्न सकिने मन्त्री भुसालको विश्वास छ । हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेका छन् । तीमध्ये करिब ४० मेगावाट सञ्चालमा आइसकेको छ । सरकारले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चुलो तथा सौर्य ड्रायरजस्ता सौर्य तापीय प्रणालीको प्रवद्र्धन गर्दै आइरहेको उल्लेख गर्दै मन्त्री भुसालले ऊर्जामा पहुँच पु¥याउन र जनताको जीवनस्तरमाथि उठाउनका सौर्य ऊर्जाको विकासमा विशेष ध्यान दिइने बताउनुभयो ।

मुलुकका ६ प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन लागिएको जानकारी दिँदै उहाँले ऊर्जाको गुणस्तर र सुरक्षामा महत्वपूर्ण योगदान पुग्नेगरी त्यस्ता आयोजनाको पिपिएलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सौर्य विद्युत् उत्पादकले आफ्नो उपभोक्तालाई गुणस्तरीय विद्युत् सुविधा उपलब्ध गराउने र विद्युतीय सुरक्षाका विषयमा जनचेता फैलाउनेजस्ता जनताका आधारभूत विषयलाई विशेष प्राथमिकता दिनुपर्नेमा उहाँको जोड थियो । “ऊर्जा व्यापारबारे छिमेकी देशसँग छलफल चलाउँछौँ, नेपालमै सिँचाइका लागि निःशुल्क विद्युत् वितरण गर्नेबारे छलफल गर्ने योजना छ” उहाँले भन्नुभयो । 

सो अवसरमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका कुलपति डा सुनिलबाबु श्रेष्ठले सबैले सौर्य ऊर्जाका विषयमा स्वीकार्य हुनेगरी काम गर्न सुझाव दिनुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसुदन अधिकारीले सरकारले नेपालका प्रयोग गर्न बाँकी ९२ प्रतिशत ऊर्जालाई कसरी उत्पादन गर्नेबारे योजना ल्याउन छलफलको आवश्यकता औँल्याउनुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष इन्द्र खनालले सरकार र निजी क्षेत्रसँग मिलेर नौ लाख ६१ हजार परिवार तथा विद्यालय, स्वास्थ्य संस्था गरी तीन हजार संस्थागत रुपमा सौर्य ऊर्जा पुर्‍याएको जानकारी दिनुभयो । 

नेपाल कृषि मेसिनरी सङ्घका अध्यक्ष खोजराज कटुवाल, सौर्य विद्युत् उत्पादक सङ्घका पूर्वअध्यक्षद्वय दीपकबहादुर शाही र उत्तम सिलवालले शुभकामना व्यक्त गर्नुभयो ।