१४ असार २०८३, आईतवार
,
Latest
नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली संसदलाई समस्या समाधानको थलो बनाउन र परिणाममुखी बहस गर्न सांसद रेग्मीको माग लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली केही कमजोरीहरू भए आत्मसमीक्षा गरौँला, तर देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत होः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

केएमसी अस्पतालको आकस्मिकसहित सबै सेवा बन्द



अ+ अ-

काठमाडौं । काठमाडौं मेडिकल कलेजका दुई जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएपछि सिनामंगलस्थित मेडिकल कलेजले आकस्मिकलगायत सम्पूर्ण सेवा स्थगित गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

ुदुई जना स्वास्थ्यकर्मीहरूलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाल यस अस्पतालबाट प्रभाहरत आकस्मिक लगायतका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरू अर्को सूचना प्रकाशित नभइन्जेल सम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,ु विज्ञप्तिमा उल्लेख छ।