३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित



अ+ अ-

मनाङ मस्र्याङ्दी र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बुधवार जित निकालेका छन् ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । यो जितसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ । पहिलो हाफमा गोल निस्किन सकेन । तर, दोेस्रो हाफमा दुई गोल भए । प्रकाशले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । आर्मीको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै मनाङले अग्रता लिएको हो ।

रोहन थापामगरको पासमा प्रकाशले वान टचमार्फत गोल गरेका हुन् । त्यसको पाँच मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए । मध्य भागबाट कप्तान सौगात मल्लले दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल सकेन र मनाङले सहज जित निकाल्यो । दिनको दोस्रो खेलमा श्री भगवती क्लवले पनि फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित प्राप्त गर्यो । आर्यन भण्डारीको एक मात्र गोल निर्णायक बनेपछि श्री भगवतीले तीन अङ्क प्राप्त गर्यो ।
जितसँगै आठ खेलमा ९ अंक जोडेको श्री भगवती नवौं स्थानमा छ । फ्रेन्ड्सले समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ । एन्फा कम्प्लेक्स मैदानमा  भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफमा गोल निस्कियो । आर्यन भण्डारीले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए । करिब ३० यार्ड टाढाबाट उनले गरेको उत्कृष्ट ओभर हेड प्रहार फ्रेन्ड्सका गोलकिपर अङ्कित बुढामगरले भेट्टाउनै सकेनन् ।

त्यसपछि दुवै तर्फबाट गोल भएन र श्री भगवतीले माथिल्लो टोली फ्रेन्ड्समाथि संघर्षपूर्ण जित निकाल्यो ।