३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित



अ+ अ-

मनाङ मस्र्याङ्दी र श्री भगवती क्लवले एन्फा यु–१६ युथ लिगमा बुधवार जित निकालेका छन् ।

सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लवमाथि २–० को जित निकाल्यो । मनाङको जितमा प्रकाश सिंहले दुई गोल गरे । यो जितसँगै सात खेलबाट १४ अंक जोडेको मनाङ पाँचौं स्थानमा उक्लिएको छ । पराजित आर्मी समान खेलबाट तीन अंकका साथ १३औं स्थानमा छ । पहिलो हाफमा गोल निस्किन सकेन । तर, दोेस्रो हाफमा दुई गोल भए । प्रकाशले ४९औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । आर्मीको डिफेन्स लाइनको गल्तीको फाइदा उठाउँदै मनाङले अग्रता लिएको हो ।

रोहन थापामगरको पासमा प्रकाशले वान टचमार्फत गोल गरेका हुन् । त्यसको पाँच मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए । मध्य भागबाट कप्तान सौगात मल्लले दिएको थ्रु बललाई नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल सकेन र मनाङले सहज जित निकाल्यो । दिनको दोस्रो खेलमा श्री भगवती क्लवले पनि फ्रेन्ड्स क्लबविरुद्ध १–० को कठिन जित प्राप्त गर्यो । आर्यन भण्डारीको एक मात्र गोल निर्णायक बनेपछि श्री भगवतीले तीन अङ्क प्राप्त गर्यो ।
जितसँगै आठ खेलमा ९ अंक जोडेको श्री भगवती नवौं स्थानमा छ । फ्रेन्ड्सले समान खेलबाट १६ अंकका साथ तेस्रो स्थानमा छ । एन्फा कम्प्लेक्स मैदानमा  भएको खेलको पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफमा गोल निस्कियो । आर्यन भण्डारीले ५१औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाए । करिब ३० यार्ड टाढाबाट उनले गरेको उत्कृष्ट ओभर हेड प्रहार फ्रेन्ड्सका गोलकिपर अङ्कित बुढामगरले भेट्टाउनै सकेनन् ।

त्यसपछि दुवै तर्फबाट गोल भएन र श्री भगवतीले माथिल्लो टोली फ्रेन्ड्समाथि संघर्षपूर्ण जित निकाल्यो ।