३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘लुम्बुक झरना’
अ+ अ-

मुस्ताङ । अग्ला/अग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित लुम्बुक झरना पर्यटकको पर्खाइमा छ ।

यहाँको यो झरना समुन्द्री सतहको करिब चार हजार ५०० मिटर अग्लो विशाल चट्टानको पहाडसँगै जोडिएको सानो गल्छीबाट बग्ने गरेको छ । हिउँदयामको पुस, माघ र फागुनमा पूरै झरनाको पानी बरफ बनेर सिङ्गो पहाड नै सेताम्मे हुन्छ ।

बर्खायाममा तापक्रम बढेपछि यहाँको झरनाको पानी हावासँगै बतासिएर फेदमा झर्ने गर्छ । यहाँको लुम्बुक झरनाको पानी चिसोले जमेर पूरै लुम्बुक पहाड नै सेताम्मे हुँदा त्यहाँ पुग्ने जो कोही सर्वसाधारण व्यक्तिलाई मोहित तुल्याउने गर्छ । बर्खायाममा यहाँको झरनाको पानी बर्खाको समयमा हावाको बेगसँगै इन्द्रेणी रुपमा प्रकट हुन्छ ।

पछिल्लो समय तीन वर्षयता मुस्ताङमा राम्ररी हिउँ नपर्दा यहाँको झरनाको पानीको बहाव निकै घटेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष सुरेन्द्र गुरुङ बताउनुहुन्छ । उहाँले हिउँ नपरेकाले यहाँ झरनाको पानीको स्रोत सुक्दै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

यहाँको लुम्बुक झरनालाई पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि झरनाको पानीको स्रोत बर्सेनि कम हुँदै गइरहेकाले पर्यटन प्रवद्र्धन गर्नमा समस्या परेको बताउनुभयो । वडाध्यक्ष गुरुङले हिउँ नपर्दा यहाँका हिउँ स्रोतको मात्रा निकै कम हुँदै गएकाले कृषि र पर्यटन विकासमा निकै ठूलो समस्या र चुनौती थपिएको उल्लेख गर्नुभयो ।

“हिउँदयाममा राम्ररी हिउँ परिदिएको भए यहाँको पहाडमा जमेको हिउँ नै बिस्तारै पग्लिएर पानीको स्रोतमा ग्रहण गथ्र्यो, तर खै किन हो यहाँ केही वर्षदेखि हिउँ पर्न सकेको छैन, यसैले होला साबिकको झरनाको बहाव निकै कम हुन पुगेको छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।

वारागुङ मुक्तिक्षेत्र–५ स्थित फल्याक र धाकार्रजुङ गाउँबीचको लुम्बुक खोलाको मुहान नै लुम्बुक झरना हो । यहाँ अरू थप दुई साना झरना अवस्थित छन् । मुस्ताङको जोमसोमदेखि वारागुङ मुक्तिक्षेत्र फल्याक गाउँसम्म सवारी साधनबाट आधा घण्टा र त्यहाँबाट झरनासम्म करिब एक घण्टाको पैदल उकालो चढेपछि लुम्बुक झरनामा पुग्न सकिने घरपझोङ–५ ठिनीका स्थानीय निरज थकालीले जानकारी दिनुभयो ।

यहाँको लुम्बुक झरनाबाट नीलगिरि हिमाल र आसपासका मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने थकालीको भनाइ छ । यहाँका झरनाको शिखरबाट हावाले बतासिएको पानीको फोहोरा खस्दा निकै रोमाञ्चक अनुभूति हुने थकालीले दर्शाउनुभयो ।

झरनासम्म पुग्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रम शीर्षकको ससर्त बजेटले करिब तीन किलोमिटर गोरेटो बाटो निर्माण गरेको गाउँपालिका अध्यक्ष रिङजिननामगेल गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले यस स्थानमा झरना मात्रै नभई गुरु पद्यसम्भवले ध्यान साधना गरेको ऐतिहासिक तथा धार्मिक गुफासमेत रहेकाले यहाँको पर्यटन विकासमा प्रचुर सम्भावना रहेको बताउनुभयो ।