• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

बीस व्यापारीमाथि कारबाही



जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ । महोत्तरीका विभिन्न स्थानका ५६ वटा व्यापारिक फार्ममा अनुगमन गरिएकामा २० व्यापारिक फार्मले कम तौल र गुणस्तरहीन सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख रजनिस झाले जानकारी दिनुभयो ।

पशुपति नमकिन उद्योग, खुश्बु नमकिन तथा दालमोट उद्योग, राहुल पाउरोटी उद्योग, विशाल किराना पसल, जोया इलेक्ट्रोनिक्स एण्ड हार्डवेयर पसलले उपभोक्तालाई ठग्दै आएको पाइएकाले अब उप्रन्त यस्तो नगर्न नसिहतसमेत दिइएको उहाँको भनाइ थियो । यस्तै जनकपुरधामस्थित माछा बजारमा अनुगमनका क्रममा करिब दुई दर्जन पसलबाट पुराना ढक, तराजु नियन्त्रणमा लिइएको छ । लामो समयदेखि भारतीय ढक तराजु प्रयोग गरी कम तौलमा उपभोग्य सामान बिक्री गरिरहेको गुनासो आएकाले त्यस्ता ढक तराजु नियान्त्रणमा लिएर मान्यताप्राप्त ढक तराजु मात्र प्रयोग गर्न व्यापारीलाई निर्देशन दिइको जानकारी दिइयो ।

अनुगमनमा कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मीसहितको टोली सहभागी थियो । दरबन्दीभन्दा कम जनशक्ति भएर पनि उक्त कार्यालयले प्रदेश नं २ को धुनषा, महोत्तरी, सर्लाही र बागमती प्रदेशको सिन्धुली र रामेछाप जिल्लामा अनुगमन गर्दै आएको छ । रासस