२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

बीस व्यापारीमाथि कारबाही

बीस व्यापारीमाथि कारबाही
अ अ+ अ-

जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ । महोत्तरीका विभिन्न स्थानका ५६ वटा व्यापारिक फार्ममा अनुगमन गरिएकामा २० व्यापारिक फार्मले कम तौल र गुणस्तरहीन सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख रजनिस झाले जानकारी दिनुभयो ।

पशुपति नमकिन उद्योग, खुश्बु नमकिन तथा दालमोट उद्योग, राहुल पाउरोटी उद्योग, विशाल किराना पसल, जोया इलेक्ट्रोनिक्स एण्ड हार्डवेयर पसलले उपभोक्तालाई ठग्दै आएको पाइएकाले अब उप्रन्त यस्तो नगर्न नसिहतसमेत दिइएको उहाँको भनाइ थियो । यस्तै जनकपुरधामस्थित माछा बजारमा अनुगमनका क्रममा करिब दुई दर्जन पसलबाट पुराना ढक, तराजु नियन्त्रणमा लिइएको छ । लामो समयदेखि भारतीय ढक तराजु प्रयोग गरी कम तौलमा उपभोग्य सामान बिक्री गरिरहेको गुनासो आएकाले त्यस्ता ढक तराजु नियान्त्रणमा लिएर मान्यताप्राप्त ढक तराजु मात्र प्रयोग गर्न व्यापारीलाई निर्देशन दिइको जानकारी दिइयो ।

अनुगमनमा कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मीसहितको टोली सहभागी थियो । दरबन्दीभन्दा कम जनशक्ति भएर पनि उक्त कार्यालयले प्रदेश नं २ को धुनषा, महोत्तरी, सर्लाही र बागमती प्रदेशको सिन्धुली र रामेछाप जिल्लामा अनुगमन गर्दै आएको छ । रासस