एजेन्सी । गत वर्ष बलिउडका ‘भाइजान’ सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाइएको थियो । त्यसको केही समयपछि, अभिनेताले आफ्नो घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा जडान गरेका थिए ।
हालै सलमानले धम्कीको डरले नभई फ्यानहरू बारम्बार आउने कुराले विचलित भएकोले आफूले बालकोनी सुरक्षित गरेको बताएका छन् ।
हालै सलमान खान इन्डियन सुपरक्रस रेसिङ लिग सिजन २ को अनावरण गर्न गएका थिए । यस क्रममा उनलाई भनिएको थियो कि उनी हरेक पटक ईदको अवसरमा फ्यानहरूलाई भेट्न बाल्कोनीमा आउने गर्थे, तर यस वर्ष त्यस्तो भएन किनभने अभिनेताले बुलेटप्रुफ सिसा पछाडि उभिएर फ्यानहरूलाई भेटे ।
यसमा अभिनेताले भने, ‘यो अरू कुनै कारणले जडान गरिएको छैन । तर हामीले सुरक्षाको लागि केही त गर्नुपर्यो, किनकि धेरै पटक हामीले बाल्कनीमा प्रशंसकहरू सुतिरहेको भेट्टायौं । तिनीहरू बाल्कनीमा चढेर सुत्थे, त्यसैले हामीले यसलाई छोप्नुपर्थ्यो ।’
१४ अप्रिल २०२४ मा बिहान ५ बजेतिर सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउन्ड गोली चलाइएको थियो । गोली चलाउने मानिसहरू घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएका थिए ।
गोलीबारी त्यही भित्तामा भएको थियो, जहाँबाट अलि टाढा सलमानको बाल्कोनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन् ।
फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट जीवित गोली फेला पारे । लरेन्स ग्रुपले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।










