३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

सलमान खानले बालकोनी बुलेटप्रुफ बनाउनुको कारण बताए

सलमान खानले बालकोनी बुलेटप्रुफ बनाउनुको कारण बताए
अ+ अ-

एजेन्सी । गत वर्ष बलिउडका ‘भाइजान’ सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाइएको थियो । त्यसको केही समयपछि, अभिनेताले आफ्नो घरको बाल्कोनीमा बुलेटप्रुफ सिसा जडान गरेका थिए ।

हालै सलमानले धम्कीको डरले नभई फ्यानहरू बारम्बार आउने कुराले विचलित भएकोले आफूले बालकोनी सुरक्षित गरेको बताएका छन् ।

हालै सलमान खान इन्डियन सुपरक्रस रेसिङ लिग सिजन २ को अनावरण गर्न गएका थिए । यस क्रममा उनलाई भनिएको थियो कि उनी हरेक पटक ईदको अवसरमा फ्यानहरूलाई भेट्न बाल्कोनीमा आउने गर्थे, तर यस वर्ष त्यस्तो भएन किनभने अभिनेताले बुलेटप्रुफ सिसा पछाडि उभिएर फ्यानहरूलाई भेटे ।

यसमा अभिनेताले भने, ‘यो अरू कुनै कारणले जडान गरिएको छैन । तर हामीले सुरक्षाको लागि केही त गर्नुपर्‍यो, किनकि धेरै पटक हामीले बाल्कनीमा प्रशंसकहरू सुतिरहेको भेट्टायौं । तिनीहरू बाल्कनीमा चढेर सुत्थे, त्यसैले हामीले यसलाई छोप्नुपर्थ्यो ।’

१४ अप्रिल २०२४ मा बिहान ५ बजेतिर सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउन्ड गोली चलाइएको थियो । गोली चलाउने मानिसहरू घर बाहिर जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएका थिए ।

गोलीबारी त्यही भित्तामा भएको थियो, जहाँबाट अलि टाढा सलमानको बाल्कोनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउँछन् ।

फोरेन्सिक विज्ञहरूले घटनास्थलबाट जीवित गोली फेला पारे । लरेन्स ग्रुपले यो आक्रमणको जिम्मेवारी लिएको थियो ।