३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

पर्यटक तान्दै चौरीखर्क

पर्यटक तान्दै चौरीखर्क
अ+ अ-

ढोरपाटन, (बागलुङ) । रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।

हरिया डाँडामा सुस्ताउँदै प्राकृतिक सुन्दरतामै झुम्न रमाउनेका लागि यो अनुपम थलो हो भन्दा फरक पर्दैन । उत्तरतर्फ फैलिएका हिमशृङ्खला र भेडीगोट पर्यटकका लागि भुल्ने बाहना बनिदिन्छन् । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्रका गोठला र भेडा डुल्ने समुन्द्री सतहदेखि करिब चार हजार मिटरको उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित जस्तै थियो । तर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि बाहिरी मानिसका लागि यो परिचित बन्दै गएको छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत दुई जिल्लाको सिमाना पातीहाल्नेदेखि सहज रुपमा चौरीलेकमा पुग्न सकिने हुँदा पछिल्लो समय दैनिक पर्यटक आउने गरेका छन् ।

लेकाली हावापानी र पोषिलो घाँस पाइने हुँदा वर्षौँदेखि बागलुङ, पूर्वीरुकुम, रोल्पा र म्याग्दीका गोठालाहरु वर्खाको समयमा यहाँ आउने गर्छन् । पातीहाल्नेदेखि करिब आधा घण्टा गाडीको यात्रा र साढे दुई घण्टा पैदल यात्रापछि चौकीखर्क लेकमा पुग्न सकिन्छ । दुई जिल्लाको सङ्गमस्थलका रुपमा रहेको चौरीखर्कमा पर्यटकको चहलपहल हुन थालेपछि गोठालाहरु अहिले दङ्ग छन् । पहिले सुनसान हुने उक्त ठाउँमा अहिले डाँडैभरी पर्यटक भरिने गरेको बागलुङको निसीखोला गाउँपालिका–६ का गोठाला भागविर घर्ती मगरले बताउनुभयो ।

“गत वर्ष भदौमा हो जस्तो लाग्छ १२र१५ जनाको टोली चौरीखर्कमा आएको थियो, त्यसपछिका दिनमा यहाँ आउनेहरु बढ्दै गरेको देखिन्छ”, उहाँले भन्नुभयो । आफू जेठको अन्तिम साता गोठ लिएर चौरीखर्क आएको भन्दै असारमै महिनामै सयौँ पर्यटक लेकमा आइसकेको घर्ती मगरले बताउनुभयो ।

“यो लेक त गोठालाका लागि प्यारो थियो, तर अहिले त घुम्न आउने मान्छेहरुलाई पनि राम्रो लाग्न थालेछ, कोही बिहान आएर साँझ फर्किन्छन् त कोही एकरदुई दिन टेण्ट टाँगेरै बस्छन्”, घर्ती मगरले भन्नुभयो, “अहिले दैनिक एक सय मान्छे आउने गरेका छन्, बिदा हुँदा त यहाँको डाँडाहरु सबै मान्छेले भरिन्छन्, उनीहरुले भेडाका बथान, फूल, गोठ र हामी गोठलाहरुसँग फोटो खिच्न रुचाउँदा रैछन् ।”

पर्यटकलाई लक्षित गरी यहाँ अघिल्लो वर्ष पदमार्ग निर्माण भएको छ । वर्खाको समयमा चारैतिर हरियाली देखिने, वनफूल फूल्ने र भेडीगोठ भेटिने हुँदा पर्यटक बढ्न थालेको पूर्वीरुकुमको भूमे गाउँपालिका–१ गोठाला नमसिंह गुरुङले बताउनुभयो ।

पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख टङ्कनाथ खनालले अघिल्लो वर्ष रु १० लाखमा रुकुमपूर्वको रानीबास–पाइपा हुँदै चौरीखर्क जोड्ने गरी करिब पाँच किलोमिटर पदमार्ग निर्माण गरेको बताउनुभयो । यसवर्ष पनि पदमार्गसहित थप पूर्वधार निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले रु २५ लाख विनियोजन गरेको उहाँको भनाइ छ ।

प्रमुख खनालले भन्नुभयो, “गत वर्षदेखि यहाँ आउने पर्यटक बढेका छन्, यस क्षेत्रलाई प्रवर्द्धन गर्न लम्बिनी प्रदेश सरकारले पनि ध्यान दिएको छ, अघिल्लो वर्ष कोइपामा जलाकी निर्माण भएको छ, त्योसँगै पदमार्ग पनि बनेको छ, यसको प्रचारप्रसार गर्ने, पूर्वाधार थप्ने र चौरीखर्कलाई उत्कृष्ट गन्तव्य बनाउने गरी काम भइरहेको छ ।”

तुल्सीपुर दाङबाट घुम्न आउनुभएका पारस न्यौपानेले चौरीखर्क लेक निकै मनमोह रहेको प्रतिक्रिया दिनुभयो । दाङबाट बुटवल, गुल्मी, बागलुङको बुर्तिवाङ र निसीखोला हुँदै यहाँ आएको उहाँको भनाइ छ । यो याममा दाङमा निकै गर्मी रहेको भन्दै चौरीलेक आएपछि निकै आनन्द आएको न्यौपानेले अनुभव सुनाउनुभयो । सरकारले पातीहाल्नेदेखि चौरीलेकसम्म पुग्ने विभिन्न ठाउँमा ठाउँ चिनाउने बोर्ड र ठाउँठाउँमा विश्रामस्थल बनाउन सके पर्यटकलाई सहज हुने उहाँको बुझाइ छ । रासस