७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय

एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय
file photo
अ+ अ-

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । दुई दिनसम्म चलेको बैठकले विधान संशोधन लगायतका विभिन्न विषयमा निर्णय गरेको छ ।

मंगलबार मध्यरातमा बैठक सकिँदा बैठकमा २ सय ६४ जना सदस्यहरूले भाग लिनु भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकमा विधान संशोधनका विविध विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

गौतमका अनुसार अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ । जसमा पार्टी सदस्यता र पार्टीको संगठित सदस्यता हुने छ । यस अघि पनि एमालेको दुई तहको सदस्यता थियो । तर बिचमा त्यसलाई हटाइएको थियो । त्यस्तै पार्टीको जिल्ला कमिटी अहिले जस्तै कार्यकारिणी कमिटी हुने पनि उहाँले जानकारी दिनुभयो ।

पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २ सय ५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सुनाउनुभएको गौतमले जानकारी दिनुभयो ।

बैठकमा आएका सुझावलाई समेटेर छलफलका लागि प्रदेश र तलका कमिटीमा पठाइने उहाँले जानकारी दिनुभयो । त्यहाँबाट आएका सुझाव समेतलाई समेटेर विधान महाधिवेशनमा लैजाने सहमति भएको उहाँले स्पष्ट पार्नुभयो ।

बहुचर्चित पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने विषयमा बैठकमा निक्कै लामो छलफल भएको उहाँले बताउनुभयो । ‘राष्ट्रपति नेपाली सेनाको परमाधिपति भइसकेको राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा पुगेको व्यक्ति, राष्ट्रिय एकताको प्रतीक, संविधानको पालनकर्ता र संरक्षण गर्ने व्यक्तित्व, नेपाली सेनाको परमाधिपति, साझा व्यक्तित्व, राष्ट्रको गौरव, गणतन्त्रको प्रतीक, देशकै अभिभावक राजनीतिक दलको कार्यकर्ता वा नेता हुने कुरा हाम्रा स्थापित मान्यताले पनि राम्रो हुँदैन, हामीले दिएको सम्मानमा कुनै कमी हुन दिनुहुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नु पर्छ, उहाँ राष्ट्रिय व्यक्तित्व हो, राष्ट्रको गौरव हो, हाम्रो पनि गौरव हो, यस्तो परिप्रेक्षमा उहाँ राजनीतिमा आउनु हुँदैन, यो गलत नजिर र अभ्यास हुन्छ भन्ने निष्कर्ष केन्द्रीय कमिटीले निकालेको छ’, उहाँले भन्नुभयो ।

यसमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापा असहमति जनाउनुभएको गौतमले जानकारी दिनुभयो । ‘केन्द्रीय कमिटीले सर्वसम्मत निर्णय गरेपछि उहाँहरूले उठेर सहमति जनाउनु भएको छ’, गौतमले भन्नुभयो ।

गौतमले पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको जानकारी दिनुभयो । पार्टीको ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हालका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ११ औँ महाधिवेशनमा रोक्नको लागि मात्र हुने प्रावधान जस्तो देखिएकोले उहाँलाई प्रतिस्पर्धामा जाने बाटो खुल्ला गरिदिन सो प्रावधान हटाउन लागिएको स्पष्ट पार्नुभयो । उहाँसँग प्रतिष्पर्धा गर्न चाहने योग्यता पुगेका अन्य नेताहरूको लागि पनि बाटो खुल्ला रहेको गौतमले जानकारी दिनुभयो ।