काठमाडौं । प्रहरीले ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरुलाई ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










