७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

कैलाश मानसरोवरको यात्रा समेटेर ‘कैलाश कोरा’ प्रकाशित

कैलाश  मानसरोवरको  यात्रा  समेटेर  ‘कैलाश कोरा’  प्रकाशित
अ+ अ-

काठमाडौँ: पछिल्लो समय नेपालबाट र नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जानेहरूको संख्या बढिरहेको छ । तरयात्रा कसरी गर्नेकुन रुट सजिलो र रमाइलो छ जस्ता जिज्ञासाको जवाफ एउटै पुस्तकमा थिएन । ती प्रश्नको एउटै सजिलो र रसिलो जवाफ अब ‘कैलाश कोरा’ पुस्तकमा पढ्न सकिन्छ । नियात्राकार राजेन्द्रमान डङ्गोलले लेखेको ‘कैलाश कोरा’ पुस्तक पब्लिकेसन नेपालयले हालै बजारमा ल्याएको छ ।

चार ठूला नदी ब्रह्मपुत्रसतलजसिन्धु र कर्नालीको उद्गम थलोको यथार्थ शब्दचित्र मैले ‘कैलाश कोरामा समेटेको छु,’ लेखक राजेन्द्रमान डङ्गोल भन्छन्, ‘हिन्दूबौद्धजैनबोन आदि धर्ममा आस्थावानरूको प्रमुख पूजनीय गन्तव्य कैलाश मानसरोवरको साङ्गोपाङ्गो वृत्तान्त शब्दमा उतार्ने ध्येयले मैले गत वर्ष दुई साता लामो कैलाश यात्रा गरेको थिएँत्यसैको परिणाम ‘कैलाश कोरा’ हो ।

नेपालबाट सन् १९९२ देखि कैलाशमानसरोवर यात्राको योजनाबद्ध सञ्चालन गर्ने ज्योति अधिकारी भन्छन्, ‘नारायण वाग्लेअमृत गुरुङ जस्ता साहित्यसङ्गीतका सम्मानित अगुवाहरूले उहिल्यै कैलाश यात्रा गरेका थिए । उनीहरूको अनुभवले कैलाशलाई जसरी चम्काएको थियो, ‘कैलाश कोरा’ पुस्तकले त्यसरी नै कैलाश मानसरोवर यात्राको महत्व दर्साउँछ ।’ लेखक राजेन्द्रमानले पुस्तकमा शब्दहरूको सङ्ग्रहमात्र नगरी मनआत्मा र भावनाका गहिराइ पोखेको अधिकारीको टिप्पणी छ ।  

 राजेन्द्रमान डङ्गोल नियात्रा लेखनमा स्थापित नाम हो । यसअघि उनका यात्रा साहित्यका तीन पुस्तक प्रकाशित छन् । उनले लेखेको ‘कञ्चनजङ्घालाई नियाल्दा’ निबन्ध सरकारी पाठ्यक्रम अन्तर्गत कक्षा नौ मा पढाइ हुन्छ । डङ्गोल पद्मश्री साहित्य पुरस्कारमा सर्ट लिस्ट भइसकेका लेखकसमेत हुन् । 

 कैलाश यात्रा गर्ने विभिन्न मार्गको नक्सासहित पुस्तकमा ११ परिच्छेद छन् । १ सय ५८ पृष्ठ पुस्तकको मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ । साथै नेपालयका हरेक पुस्तक विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्नुहुनेछ भने थुप्रैडटकम (thuprai.com) बाट पनि भौतिक वा इबुक जुनसुकै रुपमा किन्न सकिनेछ ।