काठमाडौं । मदन पुरस्कार-२०८१ का लागि सात पुस्तकहरू छनौट भएका छन् ।
मदन पुरस्कार गुठीका अनुसार उरमाल- छुदेन काविमो, छालबाटो – रमेश भुसाल, दर्ज्यु संलाप- कुमारी लामा, पञ्चतत्त्वको पालाम- मनप्रसाद सुब्बा, बहुरुपी- श्रेयज सुवेदी, भिक्षु, व्यापार र विद्रोह- सुधीर शर्मा, हिउँको गीत- तीर्थ गुरुङको पुस्तक पुरस्कारका लागि छनौट भएको छ ।
मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकहरूबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको हो। गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार, छनोटमा परेका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका छन्।











