४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

शेखरको आरोप: एमालेले काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्‍यो

शेखरको आरोप: एमालेले काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्‍यो
अ+ अ-

काठमाडौं ।  नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाउनुभएको छ ।

विपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउनेकुरा राम्रो भएपनि आफ्नो महत्व काँग्रेसले बिर्सिन नहुने बताउनु भयो । अहिले काँग्रेसको महत्वमाथि कम्युनिष्टहरुले आक्रमण गरिरहेको बताउनु भयो । कुलिङ अफ पिरियडमा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनसक्नुपर्ने उल्लेख गर्नुभयो । सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नेकुरा नेपाली काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको बताउनु भयो ।

सांसद कोईरालाले भन्नुभयो, ‘हामी सरकारमा छौँ, ठिक छ, उपाय छैन । तर जसरी हाम्रो बेसिक कोर भ्याल्युजमा कम्युनिष्टहरुले, एमालेले आक्रमण गर्दा हामी बोलिरहेका छैनौँ । दुःख त्यहाँ लागिरहेको छ । हामीले बोल्यौँ कुलिङ अफ पिरियडमा ? अहिले हामीले भन्नसक्नुपर्छ । सभापतिजीले प्रधानमन्त्रीलाई भन्न सक्नुपर्छ यो स्वीकार्य हुँदै फटाफट गर्नुस् भनेर । गल्ती भएको छ, हामीबाट पनि भएको छ । नेपाली काँग्रेसका सांसदहरुको गल्ती छैन भनेर म भन्दिनँ, मेरो पनि गल्ती छ, किन हेरेनौँ त्यो । राज्य व्यवस्था समितिका साथीहरुको गल्ती छ । उनीहरुले किन हेरेर पठाएनन् । सभापतिको गल्ती छ, राज्य व्यवस्था समितिको सभापतिले किन हेरेर पठाएनन् उनको गल्ती छ । हस्ताक्षर गर्ने अनि नहेर्ने ? अनि गल्ती भयो भन्ने । हाम्रो पनि गल्ती छ । तर सच्याउने नाममा राष्ट्रिय सभाले उल्टै एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर लेख्ने भनेको नेपाली काँग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन ? यो कुरा हामीले बुझ्न जरुरी छ । जसरी सभापतिजीले टेक एण्ड पे र टेक अर पेमा अडान लिनुभएको थियो, त्यो अडान अहिले चाहिएको छ हामीलाई ।’

सांसद कोईरालाले भूमि सम्बन्धी विधेयक पारित गर्न किन हतार भएको ? भन्दै प्रश्न गर्नुभयो । आजको भोलि नै किन पारित गर्नुपर्ने भन्दै प्रश्न गर्नुभयो । भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराइरहेको उहाँको आरोप छ ।
सांसद कोईरालाले भन्नुभयो, ‘भूमि सम्बन्धी विधेयक, के हतार छ ? किन आजको भोलि नै पास गर्नुपर्‍यो। के कारण प¥यो । किन समितिमा छलफल गर्न डराइरहनुभएको छ, एमालेका मित्रहरु, सांसदहरु ? त्यसको जवाफ नेपाली काँग्रेसका साथीहरुलाई चाहिन्छ । मन्त्रीजीहरु यहीँ हुनुहुन्छ, उहाँहरुले पनि भन्नुप¥यो । क्याबिनेटमा बोल्नुपर्‍यो। कहीँ न कहीँ त फरक छ भन्ने देखाउनुपर्छ । सबैभन्दा गम्भीर विषय संवैधानिक परिषद्मा जसरी राष्ट्रिय सभाले पास गरेको छ, त्यो अगर राष्ट्रपतिजीले छाप लगाइदिनुभयो भने संविधानको स्पिरिट मर्छ । प्रधानमन्त्री र एकजना सदस्य बसेर जे पनि गर्नसक्ने भए । जोसुकै प्रधानमन्त्री हुन् । अहिले एमालेको प्रधानमन्त्री हुनुहुन्छ, तर भोलि हाम्रै प्रधानमन्त्री भएपनि यो कुरा गलत हुन्छ भन्नेकुरा हामीले भन्नसक्नुपर्छ । संविधानको स्पिरिट के हो भने संवैधानिक परिषद्मा जो व्यक्तिहरु हुनुहुन्छ, तिनीहरुले बेइमानी गर्दैनन्, छलफल गर्दछन्, मिलाउँछन्, कुरा गर्छन् अनि सबै सिनियर मान्छेहरुलाई ल्याउँछन् भनियो । के भयो बताउँ, प्रतिनिधि सभाले पास ग¥यो,अप्पर हाउसले त्यसलाई परिमार्जन गरेर पठायो ।’

सांसद कोईरालाले काँग्रेस चुपचाप लागेर बस्न नहुने बताउनु भयो । भ्रष्ट मन्त्रीहरु अहिले पनि सरकारमै रहेको आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल