१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा

देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति विपी कोईरालाले अपनाउनुभएको राजनीतिको जगमा उभिएको बताउनुभएको छ ।

मंंगलवार ४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले विपी कोईरालाको संघर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरिरहनुभएका विपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख गर्नुभयो । देउवाले आफूहरू राजनीतिका कठीन दिन भोगेर र संसर्घ गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन काँग्रेस बलियो बन्नुपर्ने धारणा राख्नुभयो । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूबीचको मेलमिलापले राष्ट्र समृद्ध हुने उहाँको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘भारत प्रवासमा रहेर तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको महशुस गरेर नेपाल फर्कनुभयो । त्यतिबेला विपी कोइरालाविरुद्ध पञ्चायती सरकारले ८ वटा ज्यान मुृद्दा लगाएको थियो । मृत्युदण्डसमेत पाउनसक्ने ती संघिन आरोपका समेत प्रवाह नगरी ज्यानको बाजी लगाएर २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । वास्तवमा आजको मुलुकको राजनीति पनि उहाँले अपनाएको नीतिको जगमा उभिएको छ । राजनीति अहिलेको जस्तो सहज थिएन । हामी सबैले राजनीतिका कठिन दिन भोगेर यहाँ आएका हौँ । जीवनभर देश र जनताकै लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रकै पक्षमा विपी भिर्भिक रुपमा उभिनुभयो । वास्तवमा अहिले बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूको बीचको मेलमिलापले नै राष्ट्र स्वाधिन हुन्छ । साथै, समृद्धि पनि हासिल हुन्छ भन्ने उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको छ ।’

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको विपीको भनाई उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताउनु भयो । कोईराला राजनीतिज्ञ मात्रै नभइ साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताउनु भयो । उहाँले प्र्रजातान्त्रिक समाजवादको चिन्तक रहेका विपी कोईरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभइ आधुनिक नेपालका समेत निर्माता भएको बताउनु भयो ।