४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाक्सीबारी बैठकको निष्कर्षः सरकारले जनताका काम गरोस्, संविधान संशोधनको प्रक्रिया शुरु होस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा बसेको छ ।

सोमवार दिउँसो उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री समेत रहनुभएका काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवासमा बसेको बैठकले सरकारका कामहरु जनताको हितमा अझ प्रभावकारी रुपमा अघि बढाउनेबारेमा छलफल भएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस सांसद कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल गरेको बताउनु भयो । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने कुरा आफूहरुले राखेको बताउनु भयो । यसबारेमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यसबारे ध्यानाकर्षण गराउने र आफूहरुले काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर यसबारे जानकारी गराउने बताउनु भयो ।

गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न जरुरी रहेको बैठकको निष्कर्ष छ । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्नेकुरा सरकारले अघि नबढाएकोमा चासो व्यक्त भएको पनि बताउनु भयो । सरकार बन्दा सभापति देउवा र प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीबीच भएको समझदारीअनुसार संविधान संशोधनको मुद्दा अड्किएको छ । संविधान संशोधनलाई अब अघि बढाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको बताउनु भयो । संविधान संशोधनका लागि  सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी नेपाली काँग्रेसका पूर्वपदाधिकारी बसेर देशको समसामयिक, राजनीतिक परिस्थितिका बारेमा छलफल ग¥यौँ । सरकारले अझ प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर नेपाली काँग्रेसबाट सरकारमा नेतृत्व गर्नुभएका उपप्रधानमन्त्रीज्यु प्रकाशमान सिंहलाई भनेका छौँ । उहाँले प्रधानमन्त्रीज्युसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावना बमोजिम सरकारले जनताको हितमा व्यापक काम गर्न सकोस् । संविधानको कार्यान्वयनको समीक्षा र संशोधन गर्ने भन्ने सरकारको नीति तथा कार्यक्रममा पनि छ । पार्टीले निर्णय पनि गरेको छ । सरकार बन्दा सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको समझदारीमा संविधान संशोधनको कार्य अघि बढिरहेको छैन । त्यसलाई पनि अब अघि बढाउनुपर्छ । नेपाली काँग्रेस पार्टीले र हामी सबैले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ हुनेगरीकन विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भन्नेकुरामा छलफल गरेका छौँ । यसबारे भोलि नै सभापतिजीलाई भेटेर जानकारी गराउँछौँ ।’

नेता सिटौलाले काँग्रेस—एमाले गठबन्धन ०८४ सम्मै जाने दाबी पनि गर्नुभयो ।