१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ करोड रुपैयाँ ठगी गरेको आरोपमा सेयर लगानीकर्ता अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौ । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

आपराधिक लाभ र ठगी मुद्दामा सोमबार काठमाडौं जिल्ला परिसरको टोलीले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

अग्रवालमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि अनुसन्धानका लागि अग्रवाललाई पक्राउ गरिएको एसएसपी विश्व अधिकारीले बताए ।