५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रिय कमिटीको बैठक: यी हुन् छलफलका विषय



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलममा बैठक शुरु भएको हो ।

बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणासहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्नुहुनेछ । साथै भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारीमा केन्द्रित छलफल, पोलिटब्युरो बैठकले अनुमोदन गरेको विधान संशोधन प्रश्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गर्नुहुनेछ ।

त्यस्तै विधान महाधिवेशनमा प्रश्तुत गरिने संगठनात्मक प्रश्तावको सन्दर्भमा महासचिव शंकर पोखरेलले वडा केन्द्रित अभियान, सदस्यता नविकरण, प्रतिगमनकारी क्रियाकलाप विरुद्धको जागरण अभियान र स्थानीय कमिटीहरुको अधिवेशन लगायतका बारेमा बैठकलाई जानकारी गराउनुहुने कार्यसूचि रहेको छ । केन्द्रिय कार्यालयको जिम्मा रहेको विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापनसम्बन्धी जानकारी केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत हुने बताइएको छ ।

साथै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुनेछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय राजनीतिमा फर्काउने वा नफर्काउने भन्ने निर्णय पनि केन्द्रिय कमिटीले गर्ने बताइएको छ । बैठक सोमवार र मंगलवार गरी दुई दिन चल्नेछ । —न्युज एजेन्सी नेपाल