२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढीपहिरोः करिव २९ करोडको बीमा दाबी



अ+ अ-

काठमाडौँ । गत असार २३ मा रसुवामा चीनतर्फबाट आएको बाढी पहिरोबाट क्षति पु-याएको भन्दै विमितहरुले करिव २९ करोडको बीमा दाबी गरेका छन् ।

बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स,सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ वटा कम्पनीहरुले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।

बीमा प्राधिकरणकाअनुसार शिखर इन्स्योरेन्समा १० ओटा दाबी परेका छन् । शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ । त्यस्तै नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ । सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी संख्या सात छ । माग दाबी रकम ३ करोड ४१ लाख रुपैयाँ छ ।

त्यस्तै, सानिमा जिआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ । जसमा ७७ लाखको माग दाबी परेको छ । अर्को आइजीआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ ओटा दाबी परेका छन् । जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा मागदाबी परेका छन् । जसमा ६८ लाख बराबरको माग दाबी रकम छ ।

एनएलजी इन्स्योरेन्समा ६ वटा मागदावी परेका छन् । जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ । जसमा माग दाबी रकम ३१ लाख रहेको बीमा प्राधिकरणले उपलव्ध गराएको तथ्यांकमा उल्लेख छ ।

कुल ६३ वटा मागदाबीमध्ये सामुन्द्रीक बीमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ भने इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पती बीमातर्फ १० वटा, मोटर बीमा (सार्वजनिक) तर्फ ३२ ओटा, मोटरबीमा निजीतर्फ ११ वटा मागदाबी परेको बीमा प्राधिकरणले जनाएको छ ।

रसुवामा आएको बाढीले नेपाल–चीन जोड्न पुल बगाएको थियो । जसकारण दुई हप्तादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ । बाढीले ड्राइपोर्टका साथै सवारी साधन, कन्टेनर समेत बगाउँदा ठूलो क्षती भएको थियो ।