काठमाडाैंः कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
सुर्खेत पञ्चपुरीका २८ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणका कारण २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आई १४ दिन सम्म स्थानीय क्वारेन्टाइनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताउनुभयो ।
उहाँले क्वारेन्टाइनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताउनुभयो ।
यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
हालसम्म मृत्यु भएका व्यक्तिहरूः
प्रदेश २ः १ जना
बाग्मतीः ३ जना
प्रदेश ५ः ४ जना
कर्णालीः २ जना
सुदूरपश्चिमः १ जना
जम्माः ११ जना