• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

पर्वतीय उडानतर्फ आकर्षण बढ्दै



गण्डकी । पर्यटकीय नगरी पोखरामा पर्वतीय उडानतर्फ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । विगतमा पर्वतीय उडानमा विशेषतः विदेशी पर्यटकको मात्रै आकर्षण देखिने गरेकोमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पोखरामा आएर पर्वतीय उडानमा सहभागी बन्दै पोखरा र आसपासका हिमाली तथा पहाडी दृश्य नियाल्ने गरेका छन् ।

पोखराबाट हेलिकप्टर चढी पर्यटक नजिकैका माछापुच्छ्रे मर्दीलगायतका हिमालको अवलोकन गर्न मर्दी हाइक्याम्प तथा आधार शिविर, कोरी हिमाल, कफुचे हिमताललगायतको अवलोकन गर्न पुग्ने गरेको सत्यम् हेली सर्भिसका सञ्चालक अमृत अधिकारीले जानकारी दिनुभयो । 

पछिल्लो समयमा पोखरा आउने आन्तरिक पर्यटक पर्वतीय उडानतर्फ आकर्षित हुने गरेका छन् । सत्यम् हेली सर्भिसले फिष्टेल एयरको हेलिकोप्टर भाडामा लिएर पर्यटकलाई सेवा प्रवाह गरिरहेको छ । पोखराबाट कोरी हिमालका लागि प्रतिव्यक्ति रु २५ हजार, मर्दी हिमालका लागि प्रतिव्यक्ति रु २० हजार तथा पोखरा सिटीअन्तर्गत विश्वशान्ति स्तुप, पुम्दीकोट विशाल महादेवमूर्ति, सराङ्कोटलगायतका स्थानको अवलोकनका लागि प्रतिव्यक्ति रु १० हजार शुल्क लिने गरेको अधिकारीले बताउनुभयो । 

पोखराबाट मुक्तिनाथ जाने पर्यटकका लागि एउटा उडानको रु दुई लाखसम्म लिने गरिएको छ । एउटा उडानमा पाँच जनासम्म सहभागी बन्न सक्ने क्षमता रहेको अधिकारीले जानकारी दिनुभयो । पोखरा आउने पर्यटकमा पछिल्ला दिनमा खर्च गर्ने क्षमता पनि बढेको पाइएको बताउने व्यवसायी पर्यटक लक्षित गतिविधि बढाउनुपर्ने बताउँछन् ।  पोखराबाट प्रभु र डाइनेष्टिक एयरले पनि पर्वतीय उडान गरिरहेका छन् । रासस