१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गर्नुभएका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुग्नुभएको छ ।

आईतवार उहाँसहित केही नेताहरु लिएर उपाध्यक्ष गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुग्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल भएको र पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया गलत भएको बताउनु भयो । उहाँले आफ्नो राजनीतिक जीवन र जीवनभरको पार्टीप्रतिको लगानीलाई धुमिल पार्ने काम भएकाले आफू निर्वाचन आयोगमा आउनुपरेको स्पष्ट पार्नुभयो । पार्टीमा एकता कायम गर्ने जिम्मेवारी अध्यक्षको भएको र अध्यक्षबाटै पार्टीको विधान विपरित निर्णय हुँदै जानुले पार्टीको उद्देश्य प्राप्त गर्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल हो । पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने जुन प्रक्रिया शुरु भएको छ, त्यसअनुसार मलाई पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष र केन्द्रिय सदस्यबाट पार्टीका अध्यक्षले पदमुक्त गर्नुभएको जानकारी प्राप्त गरेँ । मलाई अन्याय भएको हुनाले मेरो राजनीतिक जीवनमा उत्तारचढाव आउनसक्ने र मेरो जीवनभरको पार्टीप्रति लगानीलाई धुमिल गर्न खोज्नुभएको कारणले निर्वाचन आयोगमा म प्रति गरेको अन्यायको निवेदन दिएको छु । पार्टीको नेतृत्व र अध्यक्षज्युले यसरी गरिएका सम्पूर्ण निर्णयहरु विधानतः नभएका कारणले सुधार गर्नुपर्छ, पार्टीमा एकता कायम गर्नुपर्छ । एकजुट भएमात्रै सिद्धान्त प्राप्त गर्नसक्छौँ । आफूले गरेका कमजोरी सच्याएर पार्टीमा एकता कायम गर्न पहल गर्नुस् ।’

बर्खास्त उपाध्यक्ष गिरीले पार्टी सञ्चालनका क्रममा देखिएका समस्या समाधान नगरी एकता हुन नसक्ने र एकता नभइ उद्देश्य प्राप्ति हुन नसक्ने बताउनु भयो ।