२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी कोषद्वारा बिभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण



अ+ अ-

काठमाडौं । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि हिमानी कोषले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । शुक्रबार कोषले बिभिन्न संस्था र क्षेत्रलाई स्वास्थ्य उपकरणहरु सहयोग गरेको हो । 

हिमानी कोषलको कार्यालय बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा स्वास्थ्य सामग्री उपल्ब्ध गराइएको हो । उक्त सामग्रीहरु प्रसुति अस्पताल थापाथली, सुदूरपश्चिमको गौरीफन्टा नाका र फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

कोषले प्रसुति गृहलाई २ सय थान पीपीई र सोही मात्रामा केएन नाईन्टीफाइभ मास्क, स्यानिटाईजर, गौरीफन्टाको लागि एक सय थान पीपीई, पच्चीस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी, फोहरमैला संकलन केन्द्रलाई दश थान पीपीई, दश÷दश थान सर्जिकल मास्क तथा युटिलिटी ग्लोब्स लगायतका सामग्री उपलब्ध गराइएको हो ।

कोषले यो भन्दा अगाडि पनि विभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।