९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसमा भारी वर्षा हुने

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसमा भारी वर्षा हुने
अ अ+ अ-

काठमाडौं । आज कोशी, वागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनु भयो । उहाँले आगामी दिन दिन देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा वर्षा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगत २४ घण्टामा कोशी, गण्डकी प्रदेशमा थोरै स्थानहरुमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको अवस्था छ । बाँकी कोशी  प्रदेश, मधेस, वागमती, गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ । आगामी तीन दिनको मौसमको कुरा गर्ने हो भने देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा आजको लागि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश र पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको छ । हल्कादेखि मध्यम वर्षा सबै प्रदेशमा नै हुन्छ ।’

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा 

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । विगत २४ घण्टामा सय मिलिमिटर भन्दा बढी वर्षा मापन कोशी प्रदेशकै केही स्थान र गण्डकी प्रदेशका केही स्थानहरु रहेको बताउनु भयो ।

दैनिक वर्षा भइरहेको भए थप सावधानी आवश्यक

उहाँले दैनिक जसो आफू बसेको स्थानमा वर्षा भइरहेको भए थोरै वर्षाले पनि प्रभावित बनाउनसक्ने बताउनु भयो । नदीमा पानीको बहाव बढ्ने भएकाले तटिय क्षेत्रका बासिन्दाहरुले थप सावधानी अपनाउनुपर्ने जरुरी रहेको बताउनु भयो । सडक यातायात गर्दा विशेष सावधानी अपनाउन जरुरी रहेको बताउनु भयो । आफू बसेको स्थानमा बाढी र पहिरोको जोखिम छ की छैन ? भनेर ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

मधेस प्रदेशमा आगामी दिनमा सुख्खा हुने अवस्था छैन

धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा भारी वर्षा मापन भएको छ । विगत २४ घण्टामा तुल्सीकेन्द्रमा ६६ मिलिमिटर वर्षा भएको छ । ६६ मिलिमिटर भारी वर्षा नै भएकाले मधेस प्रदेशमा धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।  मधेस प्रदेशमा आगामी दिनमा पनि सुख्खा हुने अवस्था नरहेको उहाँको भनाइ छ । आगामी केही दिनसम्मै मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र (आज) आईतवार राति भारी वर्षा हुने सम्भावना छ । झरी पर्ने सम्भावना नरहेको पनि बताउनु भयो । तराईमा खडेरी नै लाग्ने अवस्था नरहेको तर पर्याप्त पानी भने नपर्ने जिकिर गर्नुभयो ।

देशव्यापी रुपमा मज्जाले झरी पर्दैन

मनसुनी प्रणाली नेपालमा कसरी भित्रियो भन्ने हो । मनसुन भित्रिँदा पनि भित्रिने बित्तिकै मज्जाले वर्षा हुनेकुरा नरहेको बताउनु भयो । मनसुन भित्रिँदा प्रिमनसुन फिचर पनि देखिन्छ, मनसुन फिचर पनि देखिन्छ । जसले पूर्वतिर बढी वर्षा हुने स्थिति रहेको बताउनु भयो । मनसुनको न्युन चापीय रेखा नेपाल नजिक वा नेपालको दक्षिणी बोर्डरमा हुँदा देशव्यापी रुपमा मज्जाले झरी पर्ने, पूर्वदेखि पश्चिमसम्मै सिमसिम वर्षा हुने अवस्था रहने भएपनि यस वर्ष नेपालमा मनसुनको न्युनचापीय रेखा नेपाल नजिकै आएर मज्जाले नेपालमा मनसुन पूर्ण रुपमा सक्रिय भएको अवस्था रहेको बताउनु भयो । अहिलेको वर्षा पनि मनसुनी वायुकै प्रभाव भएको बताउनु भयो ।

मनसुनी रेखा नेपाल नजिकै आएको कारणले मधेसमा वर्षा भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मनसुनी रेखा नेपाल नजिकै आएको कारणले मधेसमा वर्षा भइरहेको अवस्था छ । मनसुनी वर्षा विशेष गरी पहाडी क्षेत्रमा केन्द्रित हुनु भनेको नेपालको भूगोलको कारणले हो । जलवाष्पयुक्ता हावा आउँछ, त्यो पहाडमा ठोक्किसकेपछि माथिल्लो वायुमण्डलमा जाँदा बादल बन्छ र जहाँ बन्यो त्यहीँ पानी पर्दछ ।’

काठमाडौंमा पनि साधारणतया दिनभर मौसम बदली नै हुने अवस्था छ । वर्षाको सम्भावना प्रवल रहेको बताउनु भयो ।