५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ ३१ मा प्रधानमन्त्री ओली दिल्ली जाँदै, नोभेम्बरमा मोदी नेपाल आउने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति अन्ततः तय भएको छ ।

प्रधानमन्त्री ओलीले सेप्टेम्वर १६ र १७ अर्थात भदौ ३१ र असोज १ गरी दुई दिने भारत भ्रमण गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओली प्रधानमन्त्री भएको एक वर्षपछि मात्र भारतले भ्रमणको निम्तो दिएको हो । यस भ्रमणमा ठूला एजेन्डाहरुमा छलफल र समझदारी हुने सम्भावना कम रहे पनि राजनीतिक स्तरमा यस भ्रमणको ठूलो महत्व रहेको छ ।

चीनको यसअघि नै भ्रमण गरे पनि भारतीय पक्षले प्रधानमन्त्री ओलीलाइ निमन्त्रण नगरेको र कुटनीतिक मामिलामा नेपाल कमजोर अवस्थामा रहेको भन्दै विचार विमर्श हुने गरेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भै रहेको छ । मोदीले पूर्वी नेपालका शक्तिपीठहरूको दर्शन, अवलोकन गर्ने सम्भावना रहेको बताइन्छ ।