१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौ ३१ मा प्रधानमन्त्री ओली दिल्ली जाँदै, नोभेम्बरमा मोदी नेपाल आउने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति अन्ततः तय भएको छ ।

प्रधानमन्त्री ओलीले सेप्टेम्वर १६ र १७ अर्थात भदौ ३१ र असोज १ गरी दुई दिने भारत भ्रमण गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओली प्रधानमन्त्री भएको एक वर्षपछि मात्र भारतले भ्रमणको निम्तो दिएको हो । यस भ्रमणमा ठूला एजेन्डाहरुमा छलफल र समझदारी हुने सम्भावना कम रहे पनि राजनीतिक स्तरमा यस भ्रमणको ठूलो महत्व रहेको छ ।

चीनको यसअघि नै भ्रमण गरे पनि भारतीय पक्षले प्रधानमन्त्री ओलीलाइ निमन्त्रण नगरेको र कुटनीतिक मामिलामा नेपाल कमजोर अवस्थामा रहेको भन्दै विचार विमर्श हुने गरेको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी भै रहेको छ । मोदीले पूर्वी नेपालका शक्तिपीठहरूको दर्शन, अवलोकन गर्ने सम्भावना रहेको बताइन्छ ।