३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए



अ+ अ-

एजेन्सी । दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् । ७० भन्दा बढी घाइते भएका छन् ।

खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ ।

मध्य गाजा शहरको अल–दराज छिमेकमा विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको स्थानमा इजरायली हवाई आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । इजरायली सेनाले दुवै घटनामा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।