३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति–प्रधानमन्त्री भेटवार्ता



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

नियमित भनिएको यस भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले उक्त भेटका क्रममा बढ्दो कोरोना महामारीका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । उहाँका अनुसार सो भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।