१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग व्यवसाय खोल्न दिने सरकारको तयारी



अ+ अ-

काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले उद्योग व्यवसाय सञ्चालन गर्न दिने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल सुरु गरेको छ । समितिको शनिबार बसेको बैठकमा आर्थिक क्रियाकलापलाई क्रमश सुचारु गर्ने सम्बन्धमा तयार भएको मस्यौदामाथि छलफल भएको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं समितिका समेत सचिव रहनु भएका नारायण प्रसाद विडारीले आर्थिक क्रियाकलापहश्र, बैंकिङ कारोबार, कृषि जन्य उद्योग व्यवसाय, अत्यावस्यक सेवाका क्षेत्रहरु, अस्पताल तथा प्रयोगशाला लागयतका क्षेत्रहरुलाई क्रमश सहजता दिलाउँदै चरणवद्ध रुपमा सञ्चालन गर्न सहजिकरण गर्ने सम्बन्धमा तयार भएको मस्यौदा माथि छलफल भएको बताउनुभयो । 

आज उक्त मस्यौदा माथि कुनै निर्णय नभएको र फेरी बैठक बसेर निर्णयमा पुगिने उहाँले बताउनुभयो । उहाँले विभिन्न औद्योगिक र निर्माण सँग सम्बन्धित उद्योग, कलकारखाना र व्यवसाय सुचारु गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी भइरहेको बताउनुभयो ।पछिल्लो समय लकडाउन लम्बिदै गएपछि उद्योगी व्यवसायीहरुले सरकारलाई उद्योग व्यवसाय खोल्नका लागि दबाब दिदै आएका छन् । समितिले भोली आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त मस्यौदा पठाउने तयारी गरिरहेको छ ।