१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी बन्दै निःशुल्क एम्बुलेन्स सेवा



अ+ अ-

पर्वत। यहाँको जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ ।

गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका गाउँपालिकाले जनाएको छ ।

यहाँ आर्थिक वर्ष विसं २०८१÷८२ मा गाउँपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको थियो । गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले लक्षित वर्गलाई निःशुल्क र अन्यलाई सशुल्क सेवा दिने गरिएको बताउनुभयो । त्यस क्रममा निःशुल्कतर्फ गर्भवती र सुत्केरी ७० जना, ज्येष्ठ नागरिक ९९, गरिब र असहाय ११०, अपाङ्गता भएका पाँच र आर्थिक अवस्था कमजोर भएका अन्य ४३ जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

“समस्या परेका र आर्थिक अवस्था कमजोर भएका नागरिक यसबाटै निकै लाभान्वित भएका छन् । समयमै उद्धार गरी धेरैको ज्यान जोगिएको छ । आगामी दिनमा यस सेवालाई थप प्रभावकारी बनाउँछौँ”, अध्यक्ष आचार्यले भन्नुभयो ।

गाउँपालिकाले अपाङ्गता भएका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, गरिब तथा असहाय र अन्य विशेष गरी पाँच अवस्थाका नागरिकलाई लक्षित वर्गमा राखेको छ । यी वर्गमा पर्नेहरूले निःशुल्क रूपमा एम्बुलेन्स सेवा पाएका छन् । अन्य नागरिकले पनि सुलभ मूल्यमा एम्बुलेन्स सेवा लिइरहेका छन्, जसबाट रु ११ लाख तीन हजार ६२३ राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।

बेनी अस्पताल, धौलागिरि अञ्चल अस्पताल, पर्वत अस्पताल, पोखरा, काठमाडौँका अस्पतालसम्म एम्बुलेन्स उपयोगी भएको छ । सेवा सञ्चालन भएपछि तोकिएको समयमा गर्भजाँच, स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवामा पहुँच, मातृशिशु मृत्युदर घटाउने र नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहज भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।

यहाँ दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् । एउटा प्रवासी नाग्लीवाङवासीको सहयोगमा खरिद गरिएको छ भने अर्को भारतीय दूतावासले उपलब्ध गराएको हो । दुवै एम्बुलेन्स सञ्चालनका लागि छुट्टै समिति र खाता सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । “मापदण्डअनुसार भाडादर निर्धारण गरिएको छ ।

लक्षित समुदायलाई सेवाका लागि गत आवमा रु पाँच लाख बजेट विनियोजन गरेको थियौँ । यसबाहेक सेवालाई प्रभावकारी बनाउन सहयोग गर्न चाहने इच्छुक व्यक्तिले एम्बुलेन्स सञ्चालक समितिको खातामा रकम जम्मा गर्ने व्यवस्थासमेत गरेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो ।

आवश्यकता परेकाहरुले एम्बुलेन्स चालकलाई २४ सै घण्टा पैसा नलाग्ने १८१०५०००१६८ टोलफ्रि नम्बरमा सम्पर्क गरेर सेवा लिन सकिने गाउँपालिकाले जनाएको छ ।