• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

दोस्रो टेस्टमा दक्षिण अफ्रिकाद्वारा भारत पराजित



जोहानेसबर्गः भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट क्रिकेट खेलमा दक्षिण अफ्रिका सात विकेटले विजयी भएको छ ।

भारतले प्रस्तुत गरेको २४० रनको लक्ष्य दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर पुरा गरेको थियो ।

दक्षिण अफ्रिकालाई महत्वपूर्ण जित दिलाउन कप्तान डिन एल्गरले अविजित ९६ रन बनाएका थिए । अन्य खेलाडीमा भान डुसेनले पनि महत्वपूर्ण ४० रन बनाए । यस्तै एडन मार्करमले ३१, कीगन पिटरसनले २८ तथा टेम्बा बाभुमाले अविजित २३ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा केएल राहुलको ५० रनको मद्दतले २०२ रन मात्र बनाएको थियो । अफ्रिकाका युवा खेलाडी मार्को जान्सेनले ४, कागिसो राबाडा र डुआन ओलिभिएरले ३–३ विकेट लिएका थिए ।

जोहानेसबर्गको बाउन्सी पिचमा दक्षिण अफ्रिकाले पनि खासै राम्रो स्कोर खडा गर्न सकेको थिएन । कीगन पिटरसनको ६२ तथा टेम्बा बाभुमाको ५१ रन मद्दतले अफ्रिकाले पहिलो इनिङमा २२९ रन मात्र बनाएर २७ रनको अग्रता लिएको थियो । भारतीय बलर शार्दुल ठाकुरले अफ्रिकाका सात विकेट लिएका थिए ।

भारतले दोस्रो इनिङमा केही सुधारिएको प्रदर्शन गर्न खोजे पनि धैर्य गुमाएको थियो । हनुमा बिहारी, चेतेश्वर पुजारा र अजिन्क्य रहाणेले केही समालिएको खेल प्रदर्शन गरे पनि पूरै टिम ६०.१ ओभरमा २६६ रनमै समेटिएको थियो ।

अफ्रिका समक्ष जितका लागि २४० रनको लक्ष्य प्रस्तुत गरे पनि अफ्रिकाले ३ विकेट गुमाएर ६७.४ ओभरमा २४३ रन बनायो ।

यो जितसँगै तीन टेस्टकाे शृंखला १–१ को बराबरी भएको छ । सेन्चुरिएनमा भएको पहिलो टेस्ट भारतले ११३ रनले जितको थियो । अब तेस्रो तथा अन्तिम टेस्ट केप टाउनमा जनवरी ११ मा हुनेछ ।