७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

शेखरको अर्थहिन दौडधुप !

शेखरको अर्थहिन दौडधुप !
अ+ अ-

काठमाडौं । अघिल्लो कार्यकाल जब नेपाली कांग्रेसले माओवादीसँग मिलेर सरकार बनाएको थियो त्यसको कटु आलोचक थिए शेखर कोइराला । उनले संसदको तेस्रो पार्टीलाई सबैभन्दा ठूलो पार्टीले किन प्रधानमन्त्री बनाएको भनेर बारम्बार प्रश्न गर्ने गर्दथे । सार्वजनिक कार्यक्रममा भाषण गर्न पुग्यो कि उनले यही प्रसंग निकाल्थे र पार्टी नेतृत्वको विरोध गर्ने गर्दथे ।

विशेषगरी पार्टी सभापति शेरबहादुर देउवा र सरकारको विरोधसँगै उनको एउटा तर्क पनि आउने गर्दथ्यो कि मुलुकमा राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ । उनले केही समय त्यसका लागि लबिङ पनि गरे । पटक पटक एमाले अध्यक्ष केपी ओलीलाई भेटे र सन्देश दिन खोजे ।

उनले सन्देश मात्र दिएनन्, कोशी प्रदेशको सरकार निर्माणमा पार्टीको निर्णय विपरीत गएर एमालेसँग सहकार्य नै गरे । सहकार्य अनुसारको परिणाम पनि निस्कियो । त्यसपछि त्यस समय उनको प्रवक्ताजस्तो बनेका सांसद डा सुनिल शर्माले अब केन्द्र सरकारमा पनि कोशी प्रदेशकै मोडल भित्रिन्छ भन्न थाले ।

उनको पछिपछि सार्वजनिक कार्यक्रमहरुमा शेखरले नै त्यही भन्न थाले । उनले मुलुकमा राजनीतिक अस्थिरता मात्र छायो, धेरै पार्टी जोडेर नाङ्लो पसलेजस्ता राजनीतिक दलहरु मिलेर सरकार बनाउनु भन्दा कांग्रेस र एमालेले सरकार बनाउँदा स्थायित्व हुन्छ भन्न थाले ।

गत असारमा उनले भने जस्तै गरेर कांग्रेस र एमाले मिलेर सरकार पनि बनाए । एमाले अध्यक्ष ओलि अहिलेलाई प्रधानमन्त्री भए त्यो सरकारलाई कांग्रेसले समर्थन पनि गर्यो र कांग्रेस सरकारमा पनि गयो । तर त्यसपछि भने शेखरले कुनै प्रतिक्रिया दिएनन् यो सरकार र यसको निर्माण प्रक्रियाका बारेमा । उनले आफैले विगतमा सार्वजनिक रुपमा वकालत गर्दै आएको एजेण्डाको अपनत्व नै लिन मानेनन् । आफूले भने बमोजिम नै देशमा सरकार बन्यो भनेर उनले न पार्टी सभापति देउवालाई धन्यवाद दिए नत पार्टीका केन्द्रीय समिति या पदाधिकारीका बैठकहरुमा नै यसबारेमा चर्चा गरे या आफ्नो धारणा बमोजिम सरकार निर्माण गरेकोमा पार्टीमा सकारात्मक विचार नै राखे ।

आफ्नो एजेण्डाको अपनत्व लिनु त परै जाओस अहिले भने उनले त्यही सरकारको विरोध गर्न थालेका छन् । उनले कांग्रेसले किन सरकारले नेतृत्व नगरेको भन्ने जस्ता तर्क अघि सारेर अहिले यो सरकारको र पार्टीकै विरोध गर्दै हिँड्ने गरेका छन् । उनी अहिले नै कांग्रेसले सरकारको नेतृत्व गरोस् भन्छन् र त्यसका लागि सरकारबाट निस्किएर माओवादीसँग मिलेर सरकार बनाउनुपर्ने र कांग्रेसले नेतृत्व गर्नुपर्ने जस्ता तर्क अघि सार्न थालेका छन् । हिजो प्रचण्डको कडा विरोध गर्ने गरेका उनी आज फेरि प्रचण्ड निवास धाउन थालेका छन् । वर्तमान सरकार बाहेकको विकल्पका लागी आफूलाई साथ दिन उनले प्रचण्डलाई नै भनिरहेका छन् ।

उनी हिजो प्रचण्ड निवास पुगे र यही तर्क अघि सारे । वर्तमान सरकारको विकल्प खोज्नुपर्ने अवस्था भएकाले आफू प्रधानमन्त्री बन्ने र त्यसमा सघाउन प्रचण्डलाई उनले सहयोग मागे । समाचार बाहिर आए अनुसार प्रचण्डले शेखरको प्रस्तावमा समर्थन मात्र गरेनन् कि आफू पनि त्यसका लागि लाग्ने बताए ।

त्यसअघि डा शेखर हाल एमालेको राजनीतिमा फर्किएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुगे र यही प्रस्ताव राखेका थिए । उनले भण्डारीसँग पनि आफूले अबको सरकारको नेतृत्व गर्ने जानकारी दिँदै त्यसमा सघाउन आग्रह गर्दा भण्डारीले समर्थन जनाएकि थिइन् ।

त्यसो भए शेखरसँग सरकार निर्माण गर्न पुग्ने बहुमत देखिन्छ त ? संसदीय दलमा उनी अल्पमतमा छन् भन्ने कुरा सबैमा जगजाहेरै छ । पार्टीको चौधौँ महाधिवेशनमा उनको साथमा रहेका गगन थापा अहिले आफैँ ग्रुप बनाएर हिँडेका छन् । यसबाट थप कमजोर बनेका छन् शेखर संख्याका हिसाबले । प्रधानमन्त्री बन्नका लागि पार्टी संसदीय दलको नेता निर्वाचित हुनुपर्छ र त्यसका लागि पार्टीको संसदीय दलमा बहुमत आवश्यक हुन्छ ।

अहिले उनी यसै पनि अल्पमतमा छन् जसका कारण संसदीय दलमा नेता चयन हुन गाह्रो छ । यो तथ्य उनलाई थाहा छैन भन्न पनि मिल्दैन । थाहा हुँदाहुँदै किन अबको सरकार शेखरको नेतृत्वमा पक्का भनेर सांसद अमरेश कुमार झालाई बोल्न लगाउँदैछन् ? पहिले सुनिल शर्मा जस्तै अहिले उनले अघि सारेका छन् सांसद अमरेश कुमारलाई । नेताहरुकोमा जाँदा पनि सँगैसँगै लिएर हिँड्ने गरेका अमरेशले अबको प्रधानमन्त्री शेखर पक्का भनेर अन्तर्वार्ता दिँदै हिँड्न थालेका छन् । तर उनीसँग तर्क भने केही छैन ।

अहिले नै विद्या भण्डारी पनि पार्टीमा सरकार निर्माण गर्ने विषयको निर्णायक शक्तिका रुपमा स्थापित भैसकेको अवस्था छैन । उनी भर्खरै एमाले पार्टीको राजनीतिमा सक्रिय हुँदै गरेकाले भण्डारीबाट शेखरलाई प्रधानमन्त्री बनाउने सम्मको बाटो तय गर्न सक्ने अवस्था तत्कालै छैन । त्यस्तै अवस्था उता प्रचण्डको पनि छैन । किनभने संसदमा विपक्षी दलको मोर्चाबाट पनि राप्रपा र रास्वपा निस्किसकेको अवस्था छ, यसकारण प्रचण्ड अहिले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा एक्लै छन् । उनको मात्र समर्थनले शेखरलाई प्रधानमन्त्री बनाउन सम्भव छैन ।

यस्तो अवस्थामा डा शेखरको दौडधुप अर्थहिन बाहेक अरु केही नभएको कांग्रेसीजनहरु बताउँछन् । उता शेखरकै समूहका एक केन्द्रीय नेता भन्छन्‐ अहिले शेखर समूहमा गगन छैनन् । विश्वप्रकाशले शेखर भन्दा पनि गगनकै समर्थन गर्छन् । त्यसपछि न सशांक खुलिसकेका छन् र नत शेखर समूह विगतको जस्तो बलियो छ । यस्तो बेलामा सरकारको विरोध गर्ने र आफूलाई सरकारका नेतृत्वमा सघाउनका लागि आग्रह गर्दै विपक्षी दलहरुसँग किन शेखरजी दौडधुप गरिरहनुभएको छ, हामीले पत्तो पाउन सकेका छैनौँ ।