५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी



अ+ अ-

एजेसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रोनिक भेनस इन्सफिसिएन्सी भएको पत्ता लागेको छ ।

उनको तल्लो खुट्टामा सुन्निएपछि परीक्षण गरिएको थियो । उनलाई नसाको समस्या भएको पत्ता लागेको छ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पको खुट्टामा गरिएको अल्ट्रासाउण्ड परीक्षणले ७० वर्षभन्दा माथिका व्यक्तिहरूमा प्रायः पाइने दीर्घकालीन भेनस इन्सफिसिएन्सी भएको पत्ता लगाएको बताउनु भयो ।

७९ वर्षीय ट्रम्पको हालै न्यु जर्सीको पूर्वी रदरफोर्डमा फिफा क्लव विश्वकप २०२५ को फाइनलमा फोटो खिचिएको थियो । जहाँ उनको गोलीगाँठो वरिपरि देखिने सुन्निने समस्याले उनको स्वास्थ्यको बारेमा सार्वजनिक अनुमानहरू जगाएको थियो ।